

काठमाडौं, ५ चैत: नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सर्वदलीय सरकार अहिले आवश्यक नरहेको बताउनु भएको छ । संविधानविरुद्ध आवाज उठाउनेहरू परम्परावादीहरू मात्र भएको भन्दै उहाँले माओवादी प्रतिपक्षमा बस्दा नै अहिलेको व्यवस्थालाई सहयोग पुग्ने तर्क गर्नु भएको हो ।
“सर्वदलीय सरकार बनाउने विषयमा कुनै चर्चा भएको छैन । हामीहरूको बैठकमा छलफल पनि भएको छैन,” पदाधिकारी र पूर्वपदाधिकारीको बैठकपछि महतले भन्नुभयो, “प्रतिपक्षमा रहेको माओवादी संविधानकै पक्ष हो । सरकारमा आउँदा संविधानको पक्षमा हुने र नआउँदा विपक्षमा हुने अवस्था छैन । त्यसैले राष्ट्रिय सहमति अहिले आवश्यक छैन ।”
डा। महतले प्रतिपक्षी गठबन्धनले गणतन्त्रका पक्षमा गर्ने प्रदर्शनमा सत्तापक्ष सहभागी नहुने बताृनुभयो । भोलिका दिनमा आउने परिस्थितिअनुसार आवश्यक निर्णय गर्ने उनको भनाइ थियो ।
“उहाँहरूले गणतन्त्रका पक्षमा निर्णय गर्नुभएको छ । तर हामी अहिले प्रदर्शनमा निस्कने सोच र तयारीमा छैनौँ,” महतले भन्नुभयो, “भोलिका दिनमा आउने परिस्थितिअनुसार निर्णय हुन्छ ।”


