Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
माओवादी प्रतिपक्षमै बस्दा व्यवस्था बलियो हुन्छ: डा. महत
मङ्गलवार, चैत ५, २०८१
काठमाडौं, ५ चैत:नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सर्वदलीय सरकार अहिले आवश्यक नरहेको बताउनु भएको छ । संविधानविरुद्ध आवाज उठाउनेहरू परम्परावादीहरू मात्र भएको भन्दै उहाँले माओवादी प्रतिपक्षमा बस्दा नै अहिलेको व्यवस्थालाई सहयोग पुग्ने तर्क गर्नु भएको हो ।
“सर्वदलीय सरकार बनाउने विषयमा कुनै चर्चा भएको छैन । हामीहरूको बैठकमा छलफल पनि भएको छैन,” पदाधिकारी र पूर्वपदाधिकारीको बैठकपछि महतले भन्नुभयो, “प्रतिपक्षमा रहेको माओवादी संविधानकै पक्ष हो । सरकारमा आउँदा संविधानको पक्षमा हुने र नआउँदा विपक्षमा हुने अवस्था छैन । त्यसैले राष्ट्रिय सहमति अहिले आवश्यक छैन ।”
डा। महतले प्रतिपक्षी गठबन्धनले गणतन्त्रका पक्षमा गर्ने प्रदर्शनमा सत्तापक्ष सहभागी नहुने बताृनुभयो । भोलिका दिनमा आउने परिस्थितिअनुसार आवश्यक निर्णय गर्ने उनको भनाइ थियो ।
“उहाँहरूले गणतन्त्रका पक्षमा निर्णय गर्नुभएको छ । तर हामी अहिले प्रदर्शनमा निस्कने सोच र तयारीमा छैनौँ,” महतले भन्नुभयो, “भोलिका दिनमा आउने परिस्थितिअनुसार निर्णय हुन्छ ।”