बिहिवार, असोज ३, २०८१
NayaPaper | अनलाइन पत्रिका

बिर्तामोडमा वडा खेलकुद विकास समिति गठन सुरु, वडा नम्बर २को अध्यक्षमा कमला लिम्बु सर्वसम्मत

शुक्रवार, फागुन १९, २०७९

झापा । बिर्तामोड नगर खेलकुद विकास समितिले वडा स्तरिय खेलकुद विकास समिति गठन कार्यलाई अघि बढाएको छ ।
आज शुक्रवार बिर्तामोड २ मा वडा खेलकुद विकास समिति गठन गरीएको हो । कमला लिम्बुको अध्यक्षतामा वडा समिति सर्वसम्मत चयन गरिएको छ । यस्तै क्रमश समितिको उपाध्यक्षमा टंक श्रेष्ठ र खेमराज गिरी, सचिवमा पंकज सिग्देल, सदस्यहरुमा वुद्वी राई, अस्मिता उप्रेती, डिप्लव राई, भविन निरौला, हेमन्त ढुङ्गेल, एलिजा विश्वकर्मा र आयुश प्रसाई चयन हुनु भएको छ ।

समिति गठन कार्यक्रममा वडा नम्बर २का वडाअध्यक्ष किशोर पौड्याल लगायत स्थानिय विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । वडा खेलकुद विकास समिति नगरका १० वटै वडामा गठन गरिने नगर खेलकुद विकास समितिका अध्यक्ष विकास गिरीले जानकारी दिनु भयो ।

सम्बन्धित खबर