शुक्रवार, फागुन २९, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

प्रतिनिधिसभा: समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

बुधवार, चैत ६, २०८१

काठमाडौँ, ६ चैतः प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले पुल निर्माण, कृषि क्षेत्रमा मलको व्यवस्था, आगालागी नियन्त्रण र बालसुधार गृहलाई सुधार गृहका रूपमा व्यवस्था गर्नुपर्नेलगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधिसभाको शून्य समयमा सांसद भगवती चौधरीले सुनसरीको जोगवनी भन्सार नाकाबाट दैनिक ठूलाठूला ट्रक हिड्दा उक्त सडक क्षतिग्रस्त भएकाले यथाशीघ्र निर्माण तथा मर्मत गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद भानुभक्त जोशीले गत दुई आर्थिक वर्षमा गाँजा खेतीलाई औषधिजन्य प्रयोजनका लागि कानुनी व्यवस्था गर्ने भनिए पनि अहिलेसम्म कानुन नबनेकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै गाजाँबाट उत्पादित औषधिबाट विभिन्न रोगको उपचार हुने, तेल र कपडा पनि बनाउन सकिने भएकाले यथाशीघ्र कानुन मनाउन माग गर्नुभयो ।

सांसद भीमप्रसाद आचार्यले मुलुकको आर्थिक अवस्था सुधार, युुवाको विदेश पलायनदर रोक्न, राजस्व सङ्कलनमा वैकल्पिक मार्ग खोज्नुपर्ने र वैदेशिक सहायतको विकल्प खोज्न सरकारले ध्यान दिनुपर्ने माग गर्नुभयो ।

सांसद मनिष झाले ६५ वर्ष अघि जनकपुर विमानस्थलको निर्माण भएको बताउँदै दैनिक १६ वटा उडानमा करिब आठ सय ४२ जनाले यात्रा गरिरहेका भएपनि धावनमार्ग सानो हुँदा ठूला विमान जान नसक्ने बताउनुभयो । उहाँले उक्त धावनमार्ग विस्तार गरी त्यहाँको धार्मिक पर्यटन प्रवर्द्धन गरी स्थानीयको आर्थिकस्तर वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसद महेन्द्रबहादुर शाहीले स्थानीय सरकारको कार्यसम्पादनका लागि आवश्यक कर्मचारी नभएकाले हिमाली जिल्लामा काम गर्न नसकिएको, कतिपय स्थानमा कर्मचारी नहुँदा सर्वसाधारण मर्कामा परेकाप्रति सरकारको ध्यानाकर्षण गराउन सभामुखमार्फत रुलिङ गर्न माग गर्नुभयो ।

सांसद महेशकुमार बर्तौलाले शिक्षकहरूको वृद्धि विकास २०–२१ वर्षसम्म नभएकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै शिक्षकको समयमा वृद्धि विकास गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद महेश बस्नेतले गत फागुन १३ गते इलाम जस्मिरे चिया प्रशोधन कार्यालयमा आगलागी हुँदा कारखाना नष्ट भई रु चार करोड मूल्य बाराबारको उत्पादित चिया क्षति भएको, तीन सयभन्दा बढी किसानले काम गर्ने बगानमा रु सात लाख बराबरको क्षति भएकोप्रति सरकारको ध्यानार्षण गराउनुभयो ।

सांसद मेटमणि चौधरीले सिमेन्ट र डन्डीको मूल्य अत्याधिक वृद्धि हुँदा आमउपभोक्ता समस्यामा परेकाप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद मेनुकाकुमारी पौखरेलले विद्यार्थीको परीक्षा भइरहेको अवस्थामा बारम्बार बत्ती जाने समस्याले पढाइमा कठिनाइ हुना भन्दै नियमित विद्युत् आपूर्तिको व्यवस्था गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।

सांसद मैना कार्कीले विसं २०८० असोजमा सङ्घीय सरकार र नेपाल शिक्षक महासङ्घबीच सम्झौता भए पनि हालसम्म विद्यालय शिक्षा ऐन जारी नभएकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद मङ्गलप्रसाद गुप्ताले विगत दुई वर्षदेखि भारत र अन्य देशबाट एसइई तथा प्रवीणता तहबाट पास भएर आएकालाई पाठ्यक्रम विकास केन्द्र सानोठिमीले समकक्षी प्रमाणपत्र प्रदान नगर्दा उच्च शिक्षा तथा जागिरमा बाधा भएकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद योगेशकुमार भट्टराई ताप्लेजुङमा पाँच हजार नौ सय २६ व्यवसायी स्थायी लेखा नम्बर (प्यान)मा दर्ता भएर सञ्चालन भइरहेका र यसबाट रु ५० करोड जति राजस्व उठने गरेको जानकारी गराउँदै एउटा करदाता कार्यालय खोल्न सदनमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद रघुजी पन्तले विदेशबाट आउँदा आवश्यक सुन वैद्य रूपमा ल्याउन नसकिएको हो भने खुला गर्नुपर्ने माग राख्दै नेपालमा सुन तस्कार हुन्छ भन्ने सन्देश अन्तरराष्ट्रियस्तरमा जान नहुने आधार बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले सुन तस्कर गर्नुका आर्थिक आधार केके छन् स्पष्ट पार्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद रणकुमारी बलम्पाकी मगरले एसइई परीक्षा भोलिदेखि सुरु हुन गइरहेकाले शान्तिपूर्ण वातावरणमा परीक्षा सञ्चालन गर्न माग गर्दै सम्पूर्ण विद्यार्थीलाई परीक्षाका लागि शुभकामना व्यक्त गर्नुभयो ।

सांसद रमा कोइराला पौडलले प्रतिनिधिसभाको नियमावलीमा महिला समन्वय समितिको व्यवस्था गरिए पनि अहिलेसम्म गठन नगरेको हुनाले तत्काल यो समिति गठन गर्न माग गर्नुभयो । सांसद राजेन्द्रकुमार केसीले पूर्वपदाधिकारीले आर्थिक सेवासुविधा नलिएर सदाजीवन बिताउँदा जनताको विश्वास अझ बढ्ने बताउनुभयो ।

सांसद राजेन्द्रकुमार राईले २०७४ सालमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार हुँदा धनकुटामा खरको छाना विस्तापित गरी टिनको छाना लगाउने निर्णयअनुसार तीन हजार घरमा काम भएको तर चार हजार घरमा टीनको छाना लगाउने काम नभएकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद रामप्रकाश चौधरीले केही समयमा वर्षायाम सुरु हुने भन्दै सर्लाही जिल्लामा विभिन्न स्थानमा पुल बनाउनुपर्ने जरुरी रहेकाले तत्काल पुल निर्माणमा सरकारले ध्यान दिन आग्रह गर्नुभयो । सांसद रुक्मिणी राना बराईलीले सरकारले उपभोक्ता अदालत गठन गरी उपत्यकाका तीन जिल्लाका उपभोक्ताको अधिकार संरक्षण भएको बताउँदै अब ७७ जिल्ला र सबै स्थानीय तहमा उपभोक्ता अदालत जरुरी रहेकामा जोड दिनुभयो ।

सांसद लक्ष्मी तिवारीले बालसुधार गृहले बालकालिकलाई सुधार गर्नुपर्ने अवस्थामा अझ विगारको देखिएकाले त्यसलाई सुधार गर्न माग गर्नुभयो । सांसद लालप्रसाद सावा लिम्बु र लालबीर चौधरीले कृषकलाई मकै र चैते धनबालीमा आवश्यक पर्ने मल अभाव भएकाले यथाशीघ्र उपलब्ध गराउन माग गर्नुभयो ।

सांसद बिजुली रायमाझीले आगलागीको समस्या देशभर भएको बताउँदै अर्घाखाचीको मालारानी गाउँपालिकाका विष्णु भुसालको घर, गोठ जलेर नष्ट भएकाले निजलाई क्षतिपूर्ति दिन माग गर्नुभयो । उहाँले आगामी दिनमा आगालागीबाट बच्न सम्बधित निकायले ध्यान दिनुका साथै तयारीका लागि माग गर्नुभयो ।

सम्बन्धित खबर