Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
सामाजिक सञ्जालमा जथाभावी लेख्ने ओली पक्राउ
बिहिवार, चैत ७, २०८१
बिर्तामोड, ७ चैत्र : विदेशमा बसेर सामाजिक सञ्जाल मार्फत चरित्र हत्या गर्दै गालीगलौच गर्ने हल्दिवारी – १ का २३ वर्षीय नवराज ओली ‘नितेश’ लाई प्रहरीले पक्राउ गरेको छ ।
विदेशबाट नेपाल आई काठामाडौंमा लुकिछिपी बसेका ओलीलाई सोह्रखुट्टेबाट प्रहरीले पक्राउ गरी झापा ल्याएको हो । सामाजिक सञ्जालको दुरुपयोग गर्दै गालीगलौच गर्ने, चरित्र हत्या गर्ने, विभिन्न सामाजिक एवम् राजनीतिक व्यक्तित्वहरुलाई तथ्यहिन आरोप लगाउने कार्यमा सक्रिय ओलीलाई अभद्र कसुरमा पक्राउ गरी झापा प्रहरीले अनुसन्धान थालेको छ ।
ओलीले गोल्धाप प्रहरीलाई फोन गरेर धाकधम्की दिएको, अश्लिल शब्दहरु प्रयोग गरेको उजुरी परेको थियो । सो उजुरीका आधारमा पक्राउ परेका ओलीलाई ५ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको झापा प्रहरीका प्रवक्ता खगेन्द्र बहादुर खड्काले जानकारी दिनुभयो ।
चैत ३ गते पक्राउ परेका ओलीलाई प्रहरीले पक्राउ गरेपछि अन्य व्यक्तिहरुले साइवर मुद्धामा समेत उजुरी दिईरहेको बुझिएको छ । ओलीले झापाका जनप्रतिनिधि, प्रहरी प्रशासन, पार्टीका नेताहरु, पत्रकारहरुलाई विदेशमा बसेर तथानाम गालीगलौच, चरित्र हत्या गर्दै आएका छन् ।