Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
अवैध भेप ल्याउनेलाई कारबाही गर्न सांसदहरुको माग
बिहिवार, चैत ७, २०८१
काठमाडौँ, ७ चैत : सांसदहरुले तातोपानी भन्सारबाट काठमाडौँ आउँदै गरेको गाडीमा अवैध भेप (विद्युतीय चुरोट) ल्याउने कार्यमा संलग्नलाई कानुनी कारबाही गर्न माग गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसद गङ्गा कार्कीले तातोपानी भन्सार नाकाबाट काठमाडौँ आउँदै गरेको ना६ख ५४९६ नम्बरको ट्रक बाह्रबिसेस्थित खोर्सानीबारीको अस्थायी प्रहरी चौकीले नियन्त्रणमा लिएको उल्लेख गर्दै त्यो गाडी भाटभटेनी सुपरमार्केटका साहु मीनबहादुर गुरुङको भएको जानकारीमा आएकाले निजलाई कानुनी कारबाही गर्न माग गर्नुभयो ।
सांसद मनिष झाले केही दिनअघि समातिएको रु २५ करोड रकमका मालिक पत्ता लगाउन सरकारसँग माग गर्नुभयो । भरिया समातेर कालाबजारिया संरक्षण नगर्न उहाँले ध्यानाकर्षण गराउनुभयो । यसअघिका यस्तै घटनामा भरिया समातिए पनि अवैध सामान ल्याउने मालिकलाई उन्मुक्ति दिएको भन्दै उहाँले आपत्ति जनाउनुभयो । बाह्रबिसेमा समातिएको अवैध भेप भित्र्याउनेलाई कारबाही गर्न सांसद झाले माग गर्नुभयो ।