Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
बिर्तामोडको जगतबस्ती-बैंसाबाडी हुँदै अर्जुनधारा जाने सडकमा कालो पत्रे सम्पन्न
बिहिवार, चैत ७, २०८१
बिर्तामोड, ७ चैत्र : झापाको बिर्तामोड नगरपालिका वडा नम्बर १ को जगतबस्तीबाट बरपिपल चोक- बैंसाबाडी हुँदै अर्जुनधारा जाने सडकमा कालो पत्रे सम्पन्न भएको छ ।
शहरी विकास मन्त्रालयको भ्याटसहित ७७ लाख ४४ हजार ३५२ रुपैयाँ बजेटमा ९ सय ३० मिटर सडकमा कालो पत्रे सम्पन्न भएको हो । सडकको चौडाई ५.५ मिटर छ ।कञ्चनजंगा हिमाल कन्ट्रक्सन कनकाईले आयोजनाको ठेक्का पाएको थियो । ठेकेदार कम्पनीले २०८२ बैशाख ३० गतेसम्ममा काम सम्पन्न गर्नेगरी गत मंसिर २१ गते सम्झौता गरेको थियो ।
बिर्तामोड नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष अग्निप्रसाद पाण्डेले आफ्नो वडालाई नमुना वडाको रुपमा विकास गर्ने बताउनु भएको छ । नगरका प्रवक्तासमेत रहनुभएका पाण्डेले यस चालु आर्थिक वर्षको हालसम्मको अवधिमा ५ किलोमिटर भन्दा बढी सडकमा कालोपत्रे सम्पन्न गरेको जानकारी दिनु भयो ।
गत हप्तामात्रै वडा नम्बर १ को अतिथिसदन रोड र धर्मकाँटा उत्तर लोकतान्त्रिक मार्गमा कालो पत्रे सम्पन्न गरिएको थियो ।