सोमवार, चैत ११, २०८१
Nayapaper | अनलाइन पत्रिका

मेचीनगरको बैभव भेनियरमा आगलागी, लाखौंको सामग्री नष्ट

शनिवार, चैत ९, २०८१

झापा, ९ चैत : झापाको मेचीनगर-१४ मा सञ्चालित बैभव भेनियरमा आगलागी हुँदा लाखौंको भेनियरबाट उत्पादित सामग्री जलेर नष्ट भएको छ । शनिबार बिहान ११।२५ बजे भेनियरमा कार्यरत कामदार बस्ने क्वाटरबाट विद्युत सर्ट भइ आगो सल्किएको थियो ।

आगलागीबाट उद्योगबाट उत्पादन गरेर गोदाममा राखिएको भेनियर सामग्रीसहित गोदाम र क्वाटर पुर्ण रुपमा जलेर नष्ट भएको छ भने मुख्य उद्योग भने जोगिएको उद्योग सञ्चालक प्रदिप मित्तलले जानकारी दिनुभयो । उहाँका अनुसार सो उद्योगबाट उत्पादित भेनियर सामग्री निर्यात हुन नसक्दा गोदाममा थन्क्याएको थियो ।

आगलागीबाट क्षतिको बिवरण आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ । आगो नियन्त्रणका लागि मेचीनगरका २ वटा, बिर्तामोड नगरपालिकाको एउटा र भद्र्पुर नागरपालिकाको एउटा गरी ४ वटा दमकलले आगिलो निभाउने प्रयास गरेको छ ।

भेनियरमा ५५ जना कामदार कार्यरत छन् ।

सम्बन्धित खबर