Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
मेचीनगरको बैभव भेनियरमा आगलागी, लाखौंको सामग्री नष्ट
शनिवार, चैत ९, २०८१
झापा, ९ चैत :झापाको मेचीनगर-१४ मा सञ्चालित बैभव भेनियरमा आगलागी हुँदा लाखौंको भेनियरबाट उत्पादित सामग्री जलेर नष्ट भएको छ । शनिबार बिहान ११।२५ बजे भेनियरमा कार्यरत कामदार बस्ने क्वाटरबाट विद्युत सर्ट भइ आगो सल्किएको थियो ।
आगलागीबाट उद्योगबाट उत्पादन गरेर गोदाममा राखिएको भेनियर सामग्रीसहित गोदाम र क्वाटर पुर्ण रुपमा जलेर नष्ट भएको छ भने मुख्य उद्योग भने जोगिएको उद्योग सञ्चालक प्रदिप मित्तलले जानकारी दिनुभयो । उहाँका अनुसार सो उद्योगबाट उत्पादित भेनियर सामग्री निर्यात हुन नसक्दा गोदाममा थन्क्याएको थियो ।
आगलागीबाट क्षतिको बिवरण आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ । आगो नियन्त्रणका लागि मेचीनगरका २ वटा, बिर्तामोड नगरपालिकाको एउटा र भद्र्पुर नागरपालिकाको एउटा गरी ४ वटा दमकलले आगिलो निभाउने प्रयास गरेको छ ।