सोमवार, फागुन २५, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

बिर्तामोड नगर अस्पतालको औपचारिक शुभारम्भ

शनिवार, फागुन २०, २०७९

झापा । बिर्तामोड नगर अस्पतालको औपचारिक शुभारम्भ गरिएको छ । आज एक समारोहका बिच सभामुख देवराज घिमिरेले रिवन काटेर अस्पतालको उद्घाटन गर्नु भयो ।

कार्यक्रमका प्रमुख अतिथि सभामुख घिमिरेले अस्पतालको उद्घाटन गर्दै स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन आग्रह गर्नु भयो । उहाँले सरकारी अस्पतालहरुलाई हेर्ने दृष्टिकोणमा अझै परिवर्तन नआएको भन्दै काम गरेर देखाउनु पर्ने बताउनु भयो । सभामुख घिमिरेले नगर अस्पताल सञ्चालनमा आवश्यक बजेट र कर्मचारी व्यवस्थापनमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो ।
स्वास्थ्य सेवा प्रदान गर्न कुनै कसर बाँकी नराख्न आग्रह गर्दै सभामुख घिमिरेले नगर अस्पताललाई व्यवस्थित रुपमा सञ्चालन गर्न यहाँका नागरिक, राजनीतिक दल, सामाजिक संघ संस्था, जनप्रतिनिधि सबैको भूमिका महत्वपूर्ण हुने धारणा राख्नु भयो ।

यस्तै बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईले अस्पतालको बारेमा जानकारी गराउँदै यहाँबाट उत्कृष्ट र गुणस्तरीय सेवा प्रदान गर्ने बताउनु भयो । नगरअस्पताल आम नागरिकको साझा सम्पत्ति रहेको र यसको संरक्षणमा सबैले हातेमालो गर्नु पर्नेमा जोड दिँदै नगर प्रमुख प्रसाईले सबै वर्ग समूहले ठुला नीजि अस्पतालहरुमा उपचार गर्न नसक्ने भन्दै सबैका लागि नगर अस्पताल सञ्चालनमा ल्याइएको जानकारी दिनु भयो ।


भवन उद्घाटन कार्यक्रमका अवसरमा अस्पताललाई विभिन्न स्वास्थ्य उपकरण, डाइलोसिस मेसिन, फर्निचर, विधुतीय सामग्री सहयोग गर्ने दाताहरुलाई सम्मान गरिएको छ । 

अस्पताल उद्घाटन समारोहमा संविधानसभा सदस्य सुधिर शिवाकोटी, कोशी प्रदेशका सांसद एकराज कार्की, नेकपा एमाले बिर्तामोड नगरकमिटि अध्यक्ष एवम् सिम्रिक साकोसका अध्यक्ष सुवास भट्टराई, नेपाली कांग्रेसका नगर सभापति भोजराज सिटौला, रोटरी क्लव बिर्तामोडको तर्फबाट शुभ कुमाई पाठकले शुभकामना मन्तव्य राख्नु भयो । कार्यक्रममा बोल्दै शुभ कुमाई पाठकले नगर अस्पताललाई रोटरीको तर्फबाट भेन्टिलेटरसहितको एम्बुलेन्स सहयोगको घोषणा गर्नु भएको छ ।

नगर अस्पतालमा एक जना एमडीजीपी, ३ जना एमवीवीएस डाक्टर सहितले सेवा दिने छन् । अस्पतालमा विभिन्न जिम्मेवारीका ३६ जना कर्मचारी कार्यरत छन् । नगर अस्पतालमा स्वास्थ्य बीमा पूर्ण रुपमा लागु भइसकेको छ भने दैनिक ओपीडीसहितको उपचार तथा परामर्श सेवा सुरु गरिएको छ ।

अस्पतालमा प्रयोगशाला सेवा समेत सञ्चालनमा आइसकेको छ । भिडियो एक्स–रे, एक्स–रे, इसीजी, २४ घण्टे इमरजेन्सी सेवा, २४ घण्टे सुरक्षित प्रसुती सेवा र ६ वटा डाइलोसिस मेसिनसहितको सेवा सञ्चालनको अन्तिम तयारीमा रहेको प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपानेले जानकारी दिनु भयो ।

सम्बन्धित खबर