आइतवार, फागुन २४, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

अन्तराष्ट्रिय महिला दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

आइतवार, फागुन २१, २०७९

झापा । बिर्तामोडमा ११३ औँ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना आदान प्रदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
आइतबार बिर्तामोड नगरपालिकाको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रमको नगर प्रमुख पवित्रा महतारा प्रसाईले पानसमा दिप प्रज्वलन गरेर उद्घाटन गर्नु भयो । नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले महिलाहरुले अहिले पाएको स्वतन्त्रता लामो संघर्षले प्राप्त गरेको बताउनु भयो ।
सामाजिक तथा राजनीतिक क्षेत्रमा महिलाहरु सक्रिय र अव्वल भएर अघि बढ्न आवश्यक रहेको भन्दै नगर प्रमुख प्रसाईले विकृति विसंगति विरुद्ध लड्न सबै महिलाहरुलाई आग्रह गर्नु भयो । कार्यक्रमकी प्रमुख अतिथि समेत रहनु भएकी नगरप्रमुख प्रसाईले महिलाहरुले गरेको नेतृत्व सवल र सक्षम हुने धारणा राख्दै संघर्षमा आईपर्ने चुनौतिहरुलाई तोडेर अघि बढ्नु पर्ने बताउनु भयो ।

यस्तै कार्यक्रममा बोल्दै नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले सामाजिक सञ्जालको प्रयोगमा सबैले ध्यान पुर्याउनु पर्नेमा जोड दिनु भयो । सामाजिक अपराधका घटनाका बारेमा वालवालिकाहरुलाई सानै उमेरदेखि सचेत गराउनु पर्ने  भन्दै कानूनी र सामाजिक अपराधबाट समाजलाई जोगाउन सबैलाई आग्रह गर्नु भयो ।

यस्तै बिर्तामोड नगरपालिकाकी कानूनी सल्लाहकार अधिवक्ता कमला आचार्यले विद्युतिय अपराधका बारेमा जानकारी दिनु भयो । साइबर अपराधका विषयमा केन्द्रीकृत अवस्थाकाकारण प्रहरीमा उजुरी गर्नसमेत समस्या हुने गरेको भन्दै उहाँले सबैजना सचेत रहन आग्रह गर्नु भयो । अधिवक्ता आचार्यले साइबर अपराध, ऐन, कानूनका विषयमासमेत चर्चा गर्नु भएको थियो ।

यस्तै इलाका प्रहरी कार्यालय अनारमनिका प्रमुख डिएसपी सुरज कार्कीले पछिल्लो समय बढ्दोरुपमा रहेको सामाजिक सञ्जालको दुरुपयोग, यसबाट हुनसक्ने खतरा, बच्ने उपाय लगायतका विषयमा प्रकाश पार्नु भएको थियो ।

नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाको अध्यक्षतामा आयोजित कार्यक्रममा कार्यपालिका सदस्य संगिता सिवाले स्वागत तथा नगरकी उजुरी प्रशासक अधिकृत टिका लामिछानेले सञ्चालन गर्नु भएको थियो । कार्यक्रममा नगरका शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, कार्यपालिका सदस्य यमुना आचार्य लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

 

सम्बन्धित खबर