शुक्रवार, असोज ४, २०८१
NayaPaper | अनलाइन पत्रिका

अन्तराष्ट्रिय महिला दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

आइतवार, फागुन २१, २०७९

झापा । बिर्तामोडमा ११३ औँ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना आदान प्रदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
आइतबार बिर्तामोड नगरपालिकाको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रमको नगर प्रमुख पवित्रा महतारा प्रसाईले पानसमा दिप प्रज्वलन गरेर उद्घाटन गर्नु भयो । नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले महिलाहरुले अहिले पाएको स्वतन्त्रता लामो संघर्षले प्राप्त गरेको बताउनु भयो ।
सामाजिक तथा राजनीतिक क्षेत्रमा महिलाहरु सक्रिय र अव्वल भएर अघि बढ्न आवश्यक रहेको भन्दै नगर प्रमुख प्रसाईले विकृति विसंगति विरुद्ध लड्न सबै महिलाहरुलाई आग्रह गर्नु भयो । कार्यक्रमकी प्रमुख अतिथि समेत रहनु भएकी नगरप्रमुख प्रसाईले महिलाहरुले गरेको नेतृत्व सवल र सक्षम हुने धारणा राख्दै संघर्षमा आईपर्ने चुनौतिहरुलाई तोडेर अघि बढ्नु पर्ने बताउनु भयो ।

यस्तै कार्यक्रममा बोल्दै नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले सामाजिक सञ्जालको प्रयोगमा सबैले ध्यान पुर्याउनु पर्नेमा जोड दिनु भयो । सामाजिक अपराधका घटनाका बारेमा वालवालिकाहरुलाई सानै उमेरदेखि सचेत गराउनु पर्ने  भन्दै कानूनी र सामाजिक अपराधबाट समाजलाई जोगाउन सबैलाई आग्रह गर्नु भयो ।

यस्तै बिर्तामोड नगरपालिकाकी कानूनी सल्लाहकार अधिवक्ता कमला आचार्यले विद्युतिय अपराधका बारेमा जानकारी दिनु भयो । साइबर अपराधका विषयमा केन्द्रीकृत अवस्थाकाकारण प्रहरीमा उजुरी गर्नसमेत समस्या हुने गरेको भन्दै उहाँले सबैजना सचेत रहन आग्रह गर्नु भयो । अधिवक्ता आचार्यले साइबर अपराध, ऐन, कानूनका विषयमासमेत चर्चा गर्नु भएको थियो ।

यस्तै इलाका प्रहरी कार्यालय अनारमनिका प्रमुख डिएसपी सुरज कार्कीले पछिल्लो समय बढ्दोरुपमा रहेको सामाजिक सञ्जालको दुरुपयोग, यसबाट हुनसक्ने खतरा, बच्ने उपाय लगायतका विषयमा प्रकाश पार्नु भएको थियो ।

नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाको अध्यक्षतामा आयोजित कार्यक्रममा कार्यपालिका सदस्य संगिता सिवाले स्वागत तथा नगरकी उजुरी प्रशासक अधिकृत टिका लामिछानेले सञ्चालन गर्नु भएको थियो । कार्यक्रममा नगरका शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, कार्यपालिका सदस्य यमुना आचार्य लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

 

सम्बन्धित खबर