Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
झापाका उमेश राई धर्मश्री बडिबिल्डिङ च्याम्पियन
आइतवार, चैत १०, २०८१
बिर्तामोड, १० चैत: झापा बिर्तामोडका उमेश राई जीवन० ले १७ औँ संस्करणको धर्मश्री शारीरिक सुगठन प्रतियोगिताको उपाधि जित्नुभएको छ । गोर्खाली फिटनेसबाट सहभागी हुनुभएको उहाँले दोस्रोपटक उपाधि जित्नुभएको हो ।
काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा शनिबार भएको प्रतियोगिताको ओभरअलतर्फ राईले बिर्तामोडकै ग्यालेक्सी फिटनेसका ललित धिमाललाई पछि पार्दै उपाधि जित्नुभएको हो ।
उपाधि जितेसँगै उहाँले नगद १२ लाख तथा ११ किलोग्राम वजनको ट्रफीसहित मेडल, प्रमाण पत्र, चीन घुम्ने अवसर र अन्य उपहार प्राप्त गर्नुभयो । त्यस्तै, उपविजेता भएका धिमालले नगद ६ लाख हात पार्नुभयो । त्यस्तै, तृतीय स्थानमा रहेका दाङ्गका माधव सुवेदीले नगद ३ लाख प्राप्त गर्नुभयो ।
नेपालमा व्यायाम क्षेत्रको जननी संस्था नेपाल व्यायाम मन्दिरको आयोजनामा भएको धर्मश्री प्रतियोगितामा राई ८० केजीमाथिको तौल समूहमा प्रथम स्थान हात पार्दै ओभर अल राउन्डमा प्रवेश गरेका थिए ।
त्यस्तै, मोरङ उर्लाबारीका ललित धिमालले ८० केजी तौल समूहमा प्रथम स्थान हात पार्दै धर्मश्री उपाधिको ओभर अल राउन्डमा प्रवेश पाएका थिए । ६ तौल समूहमा भएको प्रतिस्पर्धाबाट प्रत्येक तौल समूहका विजेता खेलाडीहरुले अन्तिम चरणमा धर्मश्रीका उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।