Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
व्हाट्सएपमा नयाँ फिचर स् एन्ड्रोइड प्रयोगकर्ताले ‘मोशन फोटो’ शेयर गर्न पाउने
आइतवार, चैत १०, २०८१
वाशिङ्गटन, १० चैत: इन्स्ट्यान्ट मेसेजिङ एप ‘व्हाट्सएप’ले चाँडै नै एन्ड्रोइड प्रयोगकर्तालाई व्यक्तिगत च्याट, समूह र च्यानलमा ‘मोशन फोटो’ साझेदारी गर्न अनुमति दिने नयाँ सुविधा विकास गर्दैछ । मोशन फोटो एक मिडिया ढाँचा हो, जसले स्थिर तस्बिर खिच्नु अघि र पछि दुवै गतिको छोटो क्षण कैद गर्दछ । परम्परागत तस्बिरभन्दा फरक, मोशन फोटोहरूमा केही सेकेन्डको भिडियो र अडियो समावेश हुन्छ ।
‘वाबबीटाइन्फो’ का अनुसार मोशन फोटोहरूको लागि एपको मिडिया–साझेदारी क्षमताहरू विस्तार गर्ने लक्ष्य व्हाट्सएपले राखेको छ । व्हाट्सएपमा फोटो र भिडियो ग्यालरी खोल्दा मोशन फोटोहरूको लागि समर्पित नयाँ बटन देखा पर्नेछ, जसले प्रयोगकर्ताहरूलाई छविको स्थिर वा गति संस्करण पठाउने विकल्प प्रदान गर्दछ ।
यो सुविधा विशेष गरी केही मोबाइल उपकरणमा लोकप्रिय छ, किनकि यसले स्थिर तस्बिरहरूमा गतिको स्पर्श थपेर स्थिर तस्बिर र भिडियोहरू बीचको खाडललाई कम गर्छ ।
मोशन फोटो सुविधा सामान्यतया विभिन्न स्मार्टफोनहरूमा उपलब्ध छ, जस्तै सामसुङ ग्यालेक्सी । यो सुविधा हाल आईफोनका लागि आइओएसमा उपलब्ध भएपनि एन्ड्रोइडका लागि व्हाट्सएपमा मोशन फोटो–सेयरिङ सुविधा अझै विकासको क्रममा छ ।