Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
प्रधानमन्त्री कप: सुदूरपश्चिमद्वारा कोसी प्रदेशलाई २४३ रनको लक्ष्य
आइतवार, चैत १०, २०८१
दाङ, १० चैतः दाङको लमहीमा जारी नेपाल टेलिकम प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशले कोसी प्रदेशलाई जितका लागि २४३ रनको लक्ष्य दिएको छ ।
लमहीस्थित देउखुरी अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा भएको आजको खेलमा सुदूरपश्चिमका किरण ठगुन्नाको शतकीय पारीमा कोसीलाई २४३ रनको विजयी लक्ष्य दिएको हो । उनले ९१ बलमा चार छक्का र १२ चौकाको मद्दतमा एक सय १५ रन बनाए । योसँगै उनले दुई सतक पूरा गरेका छन् ।
गत फागुन २५ गतेदेखि जारी प्रतियोगितामा किरणले यसअघि पनि गण्डकी प्रदेशविरुद्ध अविजित एक सय २१ रन बनाउँदै पहिले शतक बनाउने खेलाडी बनेका थिए ।
आजको खेलमा सुदूरपश्चिमले ४३ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै दुई सय ४२ रन जोड्यो । सुदूरपश्चिमका लागि टेक बोहरा १६, अर्जुन विक १५, शेर मल्ल र कप्तान नारायण जोशी समान १४/१४ रन बनाएर आउट भएका हुन् । सौर्य श्रेष्ठ र निश्चल क्षेत्रीले समान १० रन बनाए ।
कोसी प्रदेशका लागि ज्ञानेन्द्र श्रेष्ठले चार विकेट लिए । फिर्दाेश अन्सारी र कप्तान अङ्कित सुवेदीले समान दुई/दुई विकेट लिए । दिपेश कँडेल, प्रकाश कार्कीले समान एक/एक विकेट लिएका छन् ।