बिहिवार, फागुन २८, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

म्यानमारमा बौद्ध पर्यटन प्रवर्द्धन

आइतवार, चैत १०, २०८१

काठमाडौँ, १० चैतः बौद्ध धर्मावलम्बीहरूको बाहुल्यता रहेको म्यानमारबाट बढीभन्दा बढी बुद्धिष्ट पर्यटकलाई नेपालमा आकर्षण गर्ने उद्देश्यले म्यानमागरको याङ्गुनमा बौद्र्ध पर्यटन प्रवर्द्धन गरिएको छ । नेपाल पर्यटन बोर्डले याङ्गुनमा ‘नेपाल–म्यानमार व्यापार तथा पर्यटन एक्स्पो–२०२५’ आयोजना गरी पर्यटन प्रवर्द्धन गर्न थालेको हो ।

नेपाल र म्यानमारबीचको ६५औँ कूटनीतिक सम्बन्धका अवसरमा बोर्ड र म्यानमारस्थित नेपाली दूतावासको सहकार्यमा यही चैत ८ र ९ गते भएको एक्स्पोमा बौद्ध पर्यटन प्रवर्द्धनमा जोड दिइएको बोर्डले आज विज्ञप्तिमार्फत जनाएको छ । बौद्ध पर्यटन प्रवर्द्धनका साथै नेपाली पर्यटन उत्पादन, सूचना प्रविधि समाधान तथा अन्य वस्तुहरू प्रदर्शन गरेको हो ।

एक्स्पोमा नेपालबाट १६ र म्यानमारका ३० वटा पर्यटन कम्पनीहरूको सहभागिता थियो । नेपालकोतर्फबाट बौद्ध पर्यटन प्रवर्द्धनमा विशेष जोड दिँदै म्यानमारका पर्यटकलाई भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा हुने उडानमार्फत लुम्बिनी भ्रमण गर्न आग्रह गरिएको विज्ञप्तिमा जनाइएको छ ।

यसका साथै, म्यानमारलाई बैंकिङ तथा वित्तीय प्रविधि क्षेत्रको विकासका लागि सहयोगी बनाउन नेपाली सूचना प्रविधि क्षेत्रलाई प्रस्तुत गरिएको पनि बोर्डले उल्लेख गरेको छ । कार्यक्रमको संयुक्त रूपमा म्यानमारका सङ्घीय मन्त्री यु टुन ओन, म्यानमारका लागि नेपालका राजदूत हरिशचन्द्र घिमिरे, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष शिव अग्रवाल र म्यानमार चेम्बर अफ कमर्सका अध्यक्ष यु ए विनले उद्घाटन गर्नुभएको थियो ।

सङ्घीयमन्त्री यु टुन ओनले नेपाल र म्यानमारबीचको व्यापारिक सम्बन्धलाई मजबुत बनाउँदै पर्यटन प्रवर्द्धनमा सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले दुवै देशका सरकार र निजी क्षेत्रबीच सहकार्य गर्दै पर्यटन विकास, आपसी व्यापार मेला आयोजना र मानवसंशाधन विकासमा जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

त्यसक्रममा याङ्गुन क्षेत्रका मुख्यमन्त्री यु सो थिन, सरकारी अधिकारी, दुवै देशका व्यावसायिक प्रतिनिधि, म्यानमारस्थित नेपाली समुदाय तथा पर्यटन क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति थियो ।

कार्यक्रमकैबीच नेपाल पर्यटन बोर्ड र म्यानमार टुरिज्म फेडरेसनले आयोजना गरको संयुक्त बैठकमा नेपाल र म्यानमारका पर्यटन प्रतिनिधिहरूबीच सहकार्यलाई बलियो बनाउने विषयमा छलफल भएको बोर्डले जनाएको छ ।

नेपाली दूतावासले कार्यक्रमको दोस्रो दिन नेपाली परिकारहरू जस्तै मोमो, सेलरोटी, आलुको अचार र नेपाली चिया समावेश गरिएको ‘लाइभ फुड स्टेशन’ को आयोजना गरेको हो । म्यानमारमा कार्यरत विभिन्न देशका राजदूत तथा कूटनीतिक प्रमुखहरूलेसमेत नेपाली खानाको स्वाद लिएका छन् ।

त्यसैगरी पर्यटन बोर्डले म्यानमारसँगको सम्बन्धलाई थप सुदृढ गर्दै बौद्ध पर्यटनलाई प्रोत्साहन गर्न र सूचना प्रविधि क्षेत्रमा सम्भाव्यता खोजी गर्न संयुक्त पहल गरिने प्रतिबद्धता जनाएको छ ।

सम्बन्धित खबर