बुधवार, चैत १३, २०८१
Nayapaper | अनलाइन पत्रिका

प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक बस्दै

सोमवार, चैत ११, २०८१

काठमाडौँ, ११ चैत : प्रमुख तीन दलका शीर्ष नेताहरू आज बैठक बस्ने हुनुभएको छ । सत्तासाझेदार दुई र प्रमुख प्रतिपक्ष दलका नेताहरूको संयुक्त बैठक पहिलोपटक बस्न लागेको हो।

प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल तय गरिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ बजे बैठक बस्ने सूचना प्राप्त भएको प्रचण्डका स्वकीयसचिव गोविन्द आचार्यले जानकारी दिनुभयो ।

बैठकमा संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा छलफल गरिनेछ । सत्ता र प्रतिपक्ष दुवै उक्त विषय टुंग्याउन अग्रसर देखिन्छन् । समसामयिक राजनीतिक विषयमा पनि छलफल हुन सक्ने अनुमान छ ।

यही चैत ७ गते प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले संक्रमणकालीन न्यायका बाँकी काम टुंग्याउन प्रचण्डसँग सम्पर्कको प्रयास भइरहेको बताउनु भएको थियो ।

सम्बन्धित खबर