Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक बस्दै
सोमवार, चैत ११, २०८१
काठमाडौँ, ११ चैत :प्रमुख तीन दलका शीर्ष नेताहरू आज बैठक बस्ने हुनुभएको छ । सत्तासाझेदार दुई र प्रमुख प्रतिपक्ष दलका नेताहरूको संयुक्त बैठक पहिलोपटक बस्न लागेको हो।
प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल तय गरिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ बजे बैठक बस्ने सूचना प्राप्त भएको प्रचण्डका स्वकीयसचिव गोविन्द आचार्यले जानकारी दिनुभयो ।
बैठकमा संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा छलफल गरिनेछ । सत्ता र प्रतिपक्ष दुवै उक्त विषय टुंग्याउन अग्रसर देखिन्छन् । समसामयिक राजनीतिक विषयमा पनि छलफल हुन सक्ने अनुमान छ ।
यही चैत ७ गते प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले संक्रमणकालीन न्यायका बाँकी काम टुंग्याउन प्रचण्डसँग सम्पर्कको प्रयास भइरहेको बताउनु भएको थियो ।