बिहिवार, फागुन २८, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

हानलाई कार्यवाहक राष्ट्रपतिमा पुनर्बहाली गर्न दक्षिण कोरियाली अदालतको आदेश

सोमवार, चैत ११, २०८१

सियोल, १२ चैत: दक्षिण कोरियाको संवैधानिक अदालतले प्रधानमन्त्री हान डक सोविरुद्धको महाभियोग खारेज गर्दै उहाँलाई कार्यवाहक राष्ट्रपतिमा पुनः नियुक्त गर्न आदेश दिएको छ ।

राष्ट्रपति युन सुक येओलले डिसेम्बरमा नागरिक शासनलाई उल्टाउने अल्पकालीन प्रयासबारे अदालतको यो फैसला दक्षिण कोरियाको जटिल राजनीतिक सङ्कटको पछिल्लो विकासक्रम हो ।

दक्षिण कोरियाली सांसदहरूले संसद्मा सशस्त्र सैनिकहरूको अवज्ञा गर्दै डिसेम्बर ३ मा युनको सैन्य शासन घोषणालाई अस्वीकार गर्दै उहाँविरूद्ध महाभियोग लगाएपछि हानलाई कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी दिइएको थियो ।

त्यसको केही हप्तापछि नै सैनिक शासनको पराजय र न्यायिक नियुक्तिको विवादमा उहाँको संलग्नता देखाउँदै उहाँविरूद्ध पनि महाभियोग लगाइएको थियो । “संवैधानिक अदालतले प्रधानमन्त्री हान डक–सोविरुद्धको महाभियोगको निवेदन अस्वीकार गर्ने निर्णय गरेको छ,” अदालतले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।

अदालतले हानको महाभियोगविरुद्धको सुनुवाईमा पाँच न्यायाधीशमध्ये एक जना मात्र महाभियोगको पक्षमा देखिएका थिए भने दुई जना न्यायाधीशले हानलाई महाभियोग लगाउन सांसदहरूसँग बहुमत नभएकाले यो मुद्दा अदालतमा आउन नहुने तर्क गरेका थिए।

“हानले पदमा रहँदा गरेको कार्यलाई ‘राष्ट्रपतिमार्फत अप्रत्यक्ष रूपमा प्रदान गरिएको जनताको विश्वासमाथि विश्वासघात भएको रूपमा लिन सकिंदैन’,” अदालतको फैसलामा भनिएको छ । यो निर्णय तत्काल लागू हुनेछ यसमाथि अपिल गर्ने व्यवस्था गर्न सकिँदैन । सोमबार कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सम्हालेका हानले संवैधानिक अदालतको ‘बुद्धिमत्तापूर्ण निर्णय’का लागि धन्यवाद दिनुभएको छ ।

“मलाई विश्वास छ सबै नागरिकहरूले अत्यधिक ध्रुवीकृत राजनीतिक क्षेत्रको विरुद्धस्पष्ट रूपमा बोलिरहेका छन्। मलाई लाग्छ, अहिले विभाजनका लागि कुनै ठाउँ छैन । हाम्रो देशको प्राथमिकता भनेको अगाडि बढ्नु हो। निलम्बित राष्ट्रपति युनको महाभियोगसम्बन्धी बहुप्रतिक्षित फैसलाअघि भएको अदालतको निर्णयलाई ध्यानपूर्वक हेरिएको छ । युनको महाभियोगसम्बन्धी फैसलाका लागि मिति अहिलेसम्म घोषणा भने गरिएको छैन।

विज्ञहरूले मार्चको मध्यसम्ममा उक्त मुद्दामा फैसला आउने भविष्यवाणी गरे तापनि संवैधानिक अदालतले फैसला गर्न बाँकी नै छ यसले गर्दा युनको मुद्दा इतिहासकै सबैभन्दा लामो छलफल हो। हानसम्बन्धी फैसलालाई ‘अनादर’ गर्न नहुने तर संवैधानिक अदालतलाई युनको मुद्दामा अझ छिटो कदम चाल्न विपक्षी दलका नेता ली जे–म्युङले आग्रह गर्नुभएको छ ।

सम्बन्धित खबर