Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
प्रधानमन्त्री कप: पुलिस क्लबद्वारा कर्णालीलाई १४८ रनको लक्ष्य
मङ्गलवार, चैत १२, २०८१
दाङ, १२ चैत : दाङको लमहीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबले कर्णाली प्रदेश टिमलाई १४८ रनको विजयी लक्ष्य दिएको छ ।
लमहीस्थित देउखुरी अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङको निम्तो पाएको पुलिस क्लबले ४८ ओभरमा सबै विकेट गुमाउँदै १४७ रन बनायो । पुलिसका लागि अर्जुन साउदले सर्वाधिक ३६ रन जोडे । उनले ६० बल खेल्दै ४ चौका र १ छक्का हाने । यस्तै दिलीप नाथले ५९ बलमा २ चौकासहित ३४ रन बनाए ।
यसैगरी पुलिसका लागि सागर ढकालले अविजित २२ रन, अमित श्रेष्ठ ७, गुल्सन झाले ८, ललितनारायण राजवंशीले ७, करण केसीले ६ तथा श्रवण यादवले ११ रन बनाए ।
बलिङतर्फ कर्णालीका लागि अर्जुन चनाराले ४, कप्तान दिवान पुनले ३ तथा दिनेश अधिकारी, दिपेन्द्र रावत र सुनील धमलाले एक एक विकेट लिए ।
दाङमा पहिलो पटक आयोजना भएको प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा अपराजित रहँदै पुलिस क्लब अङ्क तालिकाको शीर्ष स्थानमा रहेको छ । कर्णाली प्रदेश पाँचौँ स्थानमा छ ।