बुधवार, चैत १३, २०८१
Nayapaper | अनलाइन पत्रिका

राष्ट्रिय युवा संघ नेपाल बिर्तामोड ३ को वडा कमिटी पुनर्गठन, संयोजकमा कृष्ण बाह्रकोटी चयन

मङ्गलवार, चैत १२, २०८१

बिर्तामोड, १२ चैत्र : राष्ट्रिय युवा संघ नेपाल बिर्तामोड ३ को वडा कमिटी पुनर्गठन गरिएको छ ।

आज आयोजित भेलाले कृष्ण बाह्रकोटीको संयोजकत्वमा २१ सदस्यीय कमिटी गठन गरिएको हो । नेकपा एमाले कोशी प्रदेश सल्लाहकार सदस्य हरि ओझाको प्रमुख आतिथ्यतामा कमिटी पुनर्गठन गरिएको हो ।

बाँकी पदाधिकारीको विषयमा कमिटीको पहिलो बैठकले टुंग्याउने पार्टीका ३ नम्बर वटा कमिटी अध्यक्ष कोशिस घिमिरेले जानकारी दिनुभयो । उहाँले सचिवालय कमिटीसहित बाँकी सबै पदाधिकारी बैठकमा मनोनित गरिने बताउनु भयो ।

कमिटी पुनर्गठन कार्यक्रममा नेकपा एमाले बिर्तामोड नगरकमिटी अध्यक्ष सुवास भट्टराई, उपाध्यक्ष मदन बुढाथोकी, सचिवालय सदस्य कुमार बुढाथोकी, प्रकाश भट्टराई, नैनकला चुँडील ढकाल, नगर कमिटी सदस्य हरिप्रसाद बाँस्कोटा, विश्वदिप राजवंशीलगायतको उपस्थिति रहेको थियो ।

यवासंघको नगरका सबै वडा कमिटी गठन गरिने जनाईएको छ । भोलि वडा नम्बरमा कमिटी पुनर्गठन हुँदैछ । पूर्बेली रिकण्डिसन हाउसको सभा हलमा आयोजित कार्यक्रमको सञ्चालन राष्ट्रिय युवा संघ नेपाल बिर्तामोड नगर सचिब दिनेश अधिकारीले गर्नु भएको थियो ।

 

सम्बन्धित खबर