बुधवार, पौष ३, २०८१
Nayapaper | अनलाइन पत्रिका

सतासी सहकारीको डिपार्टमेन्टल स्टोरको पाँचौं आउटलेट उद्घाटन

सोमवार, फागुन २२, २०७९

झापा । सतासी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बिर्तामोडले आफ्नो २६औं स्थापना दिवसको दिन आइतबारदेखि सतासी डिपार्टमेन्टल स्टोरको पाँचौं आउटलेट उद्घाटन गरेको छ ।

बिर्तामोडको पुरानो भद्रपुररोडमा करिब १० हजार वर्गफुटमा सञ्चालन गरिएको पसलको प्रवेशद्वारमा टाँगिएको रिवन काटेर कोशी प्रदेशसभाका सदस्य एकराज कार्कीले आउटलेटको उद्घाटन गरेका हुन् । सहकारी अभियानका अगुवाहरु रामचन्द्र उप्रेती, महेन्द्रकुमार गिरीसहित ब्यवसायीहरुको बाक्लो उपस्थितिमा डिपार्टमेन्टल स्टोर शुभारम्भ गरिएको हो ।

तत्कालीन सरकारले २०६५/०६६ मा अघि सारेको सुपथ मूल्यको सहकारी पसल सञ्चालन गर्न विउ पुँजी दिने र हरेक गाविसमा एउटा सहकारी पसल सञ्चालन गर्ने कार्यक्रमलाई आत्मसाथ गरेको सतासी बहुउद्देश्यीय सहकारी संस्था बिर्तामोडले पसल सञ्चालनमा उदाहरणीय कार्य गरिरहेको छ ।

हरेक सेवा केन्द्रमा एउटा सहकारी पसलको अवधारण अघि सारेको संस्थाले बिर्तामोडमा २०६६ साल असोजबाट पसल सुरु गरेको हो । सो पछि हल्दिबारी, सुरुङ्गा र गरामनीमा पसल सञ्चालन भइरहेको छ ।

बिर्तामोडको बुधबारे बजार कृषिथोक चोक नजिकै रहेको संस्थाको मुख्य कार्यालय भवनमा सञ्चालन भइरहेको पसलमा पार्किङको समस्या बढेर गएकाले भद्रपुररोडमा नवनिर्मित लक्ष्मण मार्केटमा फराकिलो क्षेत्रफलमा नयाँ पसल सुरु गरिएको सदस्य सचिव सन्तोषकुमार श्रेष्ठले बताउनु भयो ।

सम्बन्धित खबर