शनिवार, चैत १६, २०८१
Nayapaper | अनलाइन पत्रिका

इटहरीको सेन्ट्रल प्लाजामा आगलागी: ५ जनाको उद्धार

बुधवार, चैत १३, २०८१

काठमाडौँ, १३ चैतः सुनसरीको इटहरीमा रहेको सेन्टर प्लाजामा भएको आगलागीमा फसेका पाँच जनाको उद्धार गरिएको छ ।

इटहरी उपमहानरपालिका(६स्थित सेन्टर प्लाजामा बिहान साढे ९ बजेदेखि भएको आगलागीमा फसेका पाँच जनाको सकुशल उद्धार गरिएको हो । सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले पाँचको प्लाजाभित्रबाट सकुशल उद्धार गरिएको बताउनु भयो ।

आगो नियन्त्रणका लागि अहिले सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाका साथै स्थानीयसमेत खटिएका छन् । सशस्त्र प्रहरीको नं।१ बराह बाहिनीबाट एसएसपी मनिष थापाको कमाण्डमा १०५ जना, नेपाली सेना र प्रहरीका साथै ६ वटा दमकलको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहेको छ । भवनको पाँचौँ तलामा आगो लागेपछि अहिले ग्यासका सिलिण्डर पड्किरहेको र फसेका मानिसलाई डोरीको सहायताबाट बाहिर ल्याउने काम भइरहेको छ ।

भवन आगलागीका कारण धनजनको क्षति हुन नदिई सकुशल रुपमा उद्धार गर्न सकियोस् भनी नेपाली सेनाको हेलिकोप्टर त्यसतर्फ पठाएको गृहमन्त्रालयले जनाएको छ ।

 

 

सम्बन्धित खबर