Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
इटहरी सेन्ट्रल प्लाजा आगलागी अपडेटः ११ जनाको उद्धार
बुधवार, चैत १३, २०८१
इटहरी (सुनसरी), १३ चैत : इटहरीको मुख्यचोकमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा आगलागीमा फसेका ११ जनाको उद्धार गरिएको छ ।
उद्धार गरिएकामा तीन महिला र आठ पुरुष रहेका कोशी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो । आगो निभाउनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका गरी झण्डै तीन सय सुरक्षाकर्मी परिचालन गरिएको उहाँले बताउनुभयो ।
यसैगरी आगो निभाउन विभिन्न स्थानीय तहका १२ दमकल प्रयोग गरिएको छ । दशतले भवनको मध्य भागमा आज बिहान आगो लागेको हो । भवनको विभन्न तलामा सर्वसाधारण फसेको जानकारी लगत्तै गृह मन्त्रालयले उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर पठाएको थियो ।
हेलिकोप्टरद्वारा भवनमा फसेकाहरुको उद्धार गरेको छ । आगो नियाउने प्रयास जारी रहेको प्रहरी नायव महानिरीक्षक अधिकारीले बताउनुभयो ।