Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
सभामुख देवराज घिमिरे अन्तर–व्यवस्थापिका संघको बैठकमा भाग लिन बहराइन जाने
मङ्गलवार, फागुन २३, २०७९
काठमाडौं । सभामुख देवराज घिमिरे यही फागुन २७ देखि चैत २ गतेसम्म हुने अन्तर–व्यवस्थापिका संघको १४६ औँ बैठकमा भाग लिन शुक्रबार बहराइन जाने हुनु भएको छ ।
सभामुख घिमिरे ९ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै फागुन २६ गते बहरानइ जान लागेको संघीय संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिनु भयो । सभामुख घिमिरेले त्यसबीचमा नेपालका तर्फबाट बैठकमा सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रतिनिधिमण्डलमा नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखक, नेकपा एमालेका तर्फबाट राष्ट्रियसभा सदस्य इन्दु खकडरीया, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारका साथै संसद् सचिवालयका महासचिव डा भरतराज गौतम र प्रतिनिधिसभाका सचिव गोपाल योगी सहभागी रहनेछन्। नेपाल संघको सदस्य राष्ट्र हो।