Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
काँकरभिट्टा नाकाबाट करिब १२ अर्ब ७४ करोडको पेट्रोलिय पदार्थ आयात
बुधवार, चैत १३, २०८१
भद्रपुर (झापा), १३ चैतः चालु आर्थिक वर्षको आठ महिनामा पूर्वी नाका काँकरभिट्टाबाट रू १२ अर्ब ७४ करोड १५ लाखबढीको पेट्रोलिय पदार्थ आयात भएको छ । उक्त मूल्य बराबरको पेट्रोल, डिजेल, एलपि ग्यास, एटिएफ र मट्टितेल आयात भएको हो ।
गत आवको आठ महिनाको तुलनामा चालु आवको सोही अवधिमा रू ६४ करोड १७ लाख ५९ हजारले पेट्रोलियम पदार्थको आयातमा कमी आएको छ । गत आवको आठ महिनामा रू १३ अर्ब ३८ करोड ३३ लाखको पेट्रोलियम पदार्थ आयात भएको थियो ।
मेची भन्सार कार्यालय काँकरभिट्टाका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले पेट्रोलियम पदार्थमा आयात घटे पनि राजस्व बढेको बताउनुभयो । कार्यालयको तथ्याङ्क अनुसार चालु आवको आठ महिनामा पेट्रोलिय पदार्थको आयातबाट रू छ अर्ब १२ करोड ४२ लाख राजस्व सङ्कलन भएको छ । गत आवको सोही अवधिमा रू पाँच अर्ब ८० करोड १८ लाख राजस्व सङ्कलन भएको थियो ।