शुक्रवार, साउन २२, २०८३
Nayapaper | अनलाइन पत्रिका

Bahis dünyasında kullanıcıların %35’i ilk oyunlarını mobil cihaz üzerinden yapıyor; bu oran Paribahis indir’te %60 seviyesindedir.

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

2026 yılına özel tasarlanan bettilt sürümü beklentileri yükseltiyor.

Lisanslı yapısı sayesinde güven veren bahsegel Türkiye’de hızla popülerleşiyor.

Rulet, blackjack ve slot makineleriyle dolu bettilt büyük ilgi görüyor.

Her tür spor dalında bahis yapma imkanı sağlayan bettilt geniş bir kategoriye sahiptir.

Canlı rulet oyunları, bahsegel giriş sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Kazancını artırmak isteyen kullanıcılar bahsegel kodlarını kullanıyor.

Rulet, blackjack ve slot oyunlarını deneyimlemek için rokubet giriş sayfasına giriş yapılmalı.

Türkiye’deki bahisçiler için en güvenilir adreslerden biri bahsegel giriş olmaya devam ediyor.

Yeni özellikleriyle dikkat çeken bahsegel giriş, kullanıcıların heyecanını artırıyor.

Kullanıcı deneyimini artırmak için sürekli optimize edilen bahsegel giriş performans odaklıdır.

Canlı oyunlarda yüksek tempo arayan kullanıcılar için paribahis ideal bir platformdur.

İnternet üzerinden keyifli vakit geçirmek için bettilt giriş bölümü kullanılıyor.

Türk oyuncular rulet masalarında genellikle düşük riskli bahisleri tercih eder, bettilt giriş bu tercihlere uygun seçenekler sunar.

Yeni özellikleriyle dikkat çeken bettilt giriş, kullanıcıların heyecanını artırıyor.

Her gün yeni kampanyalarla kazanç şansını artıran paribahis sektörde fark yaratıyor.

Kullanıcılarına 7/24 destek sağlayan paribahis giriş profesyonel müşteri hizmetleriyle fark yaratır.

Dijital dünyada eğlenceyi artırmak için bettilt kategorileri öne çıkıyor.

Adresi değişen platforma erişim sağlamak için bettilt kritik bir role sahip.

Bahis keyfini doyasıya yaşamak isteyenlerin tercihi casinomhub olmalıdır.

Her zaman şeffaf politikalarıyla bilinen paribahis güvenilir bir bahis ortamı sağlar.

Kumarhane eğlencesini online yaşatan casinomhub büyük ilgi görüyor.

Bahis oyuncularının %47’si ayda ortalama 10’dan fazla kupon düzenlemektedir; bu davranış paribahis güncel üzerinde de gözlemlenmektedir.

Engellemeler nedeniyle erişim sıkıntısı yaşayan kullanıcılar paribahis üzerinden bağlantı kuruyor.

Türkiye’de kadın oyuncuların oranı hızla artmakta ve bettilt giriş kadın kullanıcı dostu bir platform geliştirmektedir.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.

Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.

Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.

गाउँगाउँमा सडक स्तरोन्नति भएपछि नागरिक उत्साहित

बिहिवार, चैत १४, २०८१

इलाम, १४ चैतः सूर्योदय–१ मकरजुङका ९३ वर्षीय तुलसीराम अधिकारीलाई आँगन छेउको बाटो कालोपत्र भइरहेको देख्दा सपना जस्तै लागिरहेको छ । सडक छेउमा उभिएर स्तरोन्नति भइरहेको सडक नियाल्दै अधिकारीले भन्नुहुन्छ,“हाम्रो गाउँको बाटो यतिको काइदा हुन्छ भन्ने कल्पना पनि थिएन । सपना हो कि विपना हो जस्तो लागिरहेको छ ।” 
 
उहाँमात्र होइन हिलो, धुलो र खाल्डाखुल्डीले आजित भएका यहाँका सबैजसो नागरिक स्थानीय सरकारले सडक स्तरोन्नति हुन थालेपछि उत्साहित देखिएका छन् । सूर्योदय नगरपालिकाका प्रत्येक वडामा एक–एकवटा ‘अल वेदर’ सडक छन् । वडाका सबै गाउँमा जोडिने बाह्रमासै सञ्चालन हुने ‘अल वेदर रोड’ लाई प्राथमिकतामा राखेर स्तरोन्नति सुरु गरेको नगरपालिकाले यतिबेला ती सडक कालोपत्रको चरणमा पु¥याएको छ । गाउँमा सडक धमाधम कालोपत्र हुन थालेका छन् । 
 
सूर्योदय नगरपालिकामा १३ दशमलव पाँच किलोमिटर सडक कालोपत्र, ८३ दशमलव आठ किलोमिटर  ग्राभेल र ६६८ दशमलव ९३ किलोमिटर माटेबाटो गरी यहाँ ३३३ वटा स्थानीय सडक रहेका छन् । ती सडकलाई ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ मा वर्गीकरण गरिएको नगरपालिकाका सिभिल इञ्जिनियर कविन सापकोटाले बताउनुभयो । 
 
उहाँका अनुसार नगरपालिकाभित्र स्ट्राटेजिक रोड नेटवर्क (एसआरएन) अन्तर्गतका ठूला तीन सडक छन् । यसमा मेची राजमार्ग, फिक्कल–पशुपतिनगर र छिपिटार–श्रीअन्तु सडकको कालोपत्र ४८ दशमलव २० किलोमिटर, ग्राभल दुई दशमलव ४५ किलोमिटर र माटेबाटो दुई दशमलव ४१ किलोमिटर पर्छ । सूर्योदयमा ‘डिस्ट्रिक्ट रोड केयर नेटवर्क’ (डिआरसिएन) अन्तर्गत १० दशमलव ८३ किलोमिटर कालोपत्र, १६ दशमलव १२ किलोमिटर ग्राभल र ३६ दशमलव ५६ किलोमिटर माटेबाटो रहेका छन् ।
 
नगरपालिकाले आफ्नो नगरभित्रका सडकलाई १२ महिना सवारीसाधन सञ्चालन गर्ने गरी निर्माण गर्ने योजनाअनुसार चार वर्षअघि नगरस्तरीय सडक सञ्जाल गुरुयोजना बनाएको थियोे । गुरुयोजनाअनुसार २८ वर्षमा नगरभित्रका सडक निर्माण भइसक्ने उल्लेख छ । 
 
सडकको व्यवस्थित र योजनाबद्ध तरिकाले निर्माण गरी जनताको जीवनस्तर सुधार गर्न नगरस्तरीय सडक सञ्जाल गुरुयोजना बनाइएको नगरप्रमुख रणबहादुर राईले बताउनुभयो । “पुरानै शैलीमा सडक निर्माणका काम गरिए नगरभित्रका सडक पूरै ग्राभेल गर्न १२८ वर्ष लाग्ने देखियो”, उहाँले भन्नुभयो, “जनताका घरमा पुग्ने सडक व्यवस्थित रूपमा स्तरोन्नति गर्ने कामका लागि गुरुयोजना बनाएरै सडक पूर्वाधार निर्माणको सुरुआत गरेका थियौँ । अहिले काम धमाधम भइरहेका छन् ।” 
 
स्थानीय तहको निर्वाचनपछि जनप्रतिनिधिले एक वडा एक ग्राभेल सडक निर्माणलाई प्राथमिकता दिएपछि सूर्योदयका १४ वटै वडाका एक÷एकवटा सडक ग्राभेल गर्ने काम हुँदै हाल कालोपत्रको चरण आएको नगरपालिकाका सिभिल इञ्जिनियर सापकोटाले बताउनुभयो ।
 
नगरभित्रका सडक २७ वर्षभित्र ग्राभेल गर्नका लागि हरेक पाँच वर्षमा रु ५९ करोड खर्च गर्नुपर्ने भनिएको छ । यो रकम सडकको सर्भे, वातावरण संरक्षण, सडक चौडा र सडक स्तरोन्नतिमा लाग्ने खर्च हो । पाँच वर्षमा रु ५९ करोडको पाँच प्रतिशत वातावारण संरक्षण, पाँच प्रतिशत सर्भे डिजाइन, १५ प्रतिशत सडक चौडा र ७५ प्रतिशत सडक ग्राभेलमा खर्च हुने गुरुयोजनामा उल्लेख छ । अहिलेको दररेटअनुसार नगर क्षेत्रका सडक ग्राभेलका लागि तीन अरब २० करोड खर्च गर्नुपर्नेछ ।
 
गाउँ–गाउँमा सडक कालोपत्र हुन थालेपछि यहाँका कृषिउपज बजारसम्म पु¥याउन किसानलाई सहज भएको छ । सूर्योदय–१ का सन्तोष बजगाईं गाउँमा उत्पादित कृषिउपज सङ्कलन गरेर भारतीय सीमा क्षेत्र मानेभञ्ज्याङ बजारमा बिक्री गर्न लैजानुहुन्छ । पैदल यात्रा गर्न करिब तीन घण्टा लाग्नेमा सडक बनेपछि उहाँलाई बजार पुग्न सहज भएको छ । “बाटो अफ्ठ्यारो हुँदा घोडामा तीन–चार घण्टासम्म लाग्थ्यो । हाल बाटो सजिलो भएको छ । घोडाले नाल झार्छ भन्ने पीर छैन । बर्खामा पनि गाडीमा जान सकिने भएको छ” बजगाईंले भन्नुभयो । 
 
विगतमा भन्दा ग्रामीण क्षेत्रका किसानलाई बजार पुग्न, विद्यार्थीलाई विद्यालय आवतजावत गर्न र बिरामीलाई तत्काल अस्पताल पुग्न सजिलो भएको स्थानीयको भनाइ छ । किसानले दुःख गरेर उत्पादन गरेका कृषिउपजले सडक अभावकै कारण बजार नपाउने समस्याको अन्त्य भएको किसान बताउँछन् । “हामीले बाटो नहुँदा बर्खामा दुग्धजन्य उत्पादन खेर फालेका घटना पनि छन् ।  हाम्रा टमाटर बजारसम्म पुग्न नपाएर धेरै कुहिएका थिए । त्यो समस्याबाट मुक्ति पाएका छौँ”, कृषक ख्यामराज रिजालले भन्नुभयो । नगरपालिकाले एक वडा एक अलवेदर सडकको अवधारणा ल्याएर सडक निर्माणका काम गर्दा सेवाग्राहीले लाभ लिन थालेको स्थानीय गोविन्द सापकोटा बताउनुहुन्छ । 
 
उपप्रमुख दुर्गाकुमार बरालले बाटो बनाउन मेसिन प्रयोग गरेर काम देखाउने र जनताको आँखामा भ्रम छर्ने परम्परागत तरिकालाई हटाएर दिगो विकासको मोडलमा पालिका अघि बढेको बताउनुभयो । “माटो र बाटोमात्र विकास हो भन्ने परम्परागत भाष्यलाई परिवर्तनका लागि आर्थिक, सामाजिक, वातावरण र सुशासन क्षेत्रको विकासका लागि समानान्तर रूपमा योजना तथा कार्यक्रम अघि बढाइएका छौँ”, उहाँले भन्नुभयो, “पूर्वाधार आयोजनाको गुणस्तर सुनिश्चतताका लागि नगरपालिकामा नै पूर्वाधार परीक्षण प्रयोगशाला स्थापना गरी गुणस्तर सुनिश्चितताका साथै आन्तरिक आयको दायरा बढेको छ ।”
 
यहाँका किसानले चियापछि धेरै दुग्ध उत्पादन गर्ने गरेका छन् । चियालाई स्थानीय उद्योगमा पु¥याउन, दुग्धलाई डेरीमा लैजान र आलु, अलैँची, अदुवा, स्कुस, साग, टमाटरजस्ता कृषि उत्पादनलाई बजार पु¥याएर बिक्री गर्न बाह्रमासे सडकले ठूलो राहत पुगेको छ । भारतसँग जोडिएको मानेभञ्ज्याङ, पशुपतिनगर र फाटकसहित स्थानीय, फिक्कल, हर्कटे, आइतबारे, गोर्खेलगायत बजार यहाँका मुख्य व्यापारस्थल जान पनि अचेल सहज भएको छ । यी बजारमा पुग्न विगतमा कतिपय गाउँबाट एक घण्टादेखि पाँच घण्टासम्मको पैदल बाटो हिँड्नुपर्ने बाध्यता सडक संरचनाको पहुँचपछि हट्दै गएको स्थानीय कृषक सरोज पोखरेलले बताउनुभयो ।  
 
नगरपालिकाले जनाएअनुसार नगरक्षेत्रका सडकमा सबैभन्दा बढी दुईपाङ्ग्रे मोटरसाइकल सञ्चालन हुँदै आएका छन् । नगरस्तरीय सडकमा ४५ प्रतिशत मोटरसाइकल, २६ प्रतिशत जिप कार, १७ प्रतिशत ट्र्याक्टर र १२ प्रतिशत ट्रक बस गुड्ने गरेका छन् ।
सम्बन्धित खबर