सोमवार, चैत १८, २०८१
Nayapaper | अनलाइन पत्रिका

‘भूठान’ चलचित्रमा हलिउडका प्राविधिक

बिहिवार, चैत १४, २०८१

काठमाडौं, १४ चैत । चलचित्र ‘भूठान’ अमेरिकामा छायांकन भएको चलचित्र हो । अमेरिकाको ओहायोमा यो चलचित्र गत वर्ष छायांकन भएको थियो ।

अमेरिकामा छायांकन भएकाले यो चलचित्रमा हलिउडका प्राविधिक पनि रहेका छन् । छायांकनका हरेक विभागको नेतृत्व नेपाली प्राविधिकले गरे पनि असिस्टेन्टका रूपमा हलिउडका प्राविधिकले काम गरेका छन् ।

हलिउडका दशजना प्राविधिकले ‘भूठान’मा काम गरेको निर्देशक विनोद पौडेलले जानकारी दिनुभयो । हलिउडका प्राविधिकले निकै महंगो पारिश्रमिक लिने विनोद बताउँनुहुन्छ ।

“लाइट म्यानले दिनको ५०० डलर ९करिब ६८ हजार नेपाली रुपैयाँ० लिन्थे,” विनोद भन्नुहुन्छ, “त्यसैले हामीले जतिसक्दो चाँडो छायांकन सक्ने प्रयास गरेका थियौँ । यसका लागि छायांकनमा जानुअगाडि नै तयारी गरेका थियौँ ।” ‘भूठान’को छायांकन १७ दिनमा सकिएको निर्देशक पौडेलले जानकारी दिनुभयो । 

चलचित्र ‘भूठान’ विदेशमा रहेको आप्रवासीले आफ्नो घर फर्कन नपाएको कथामा विनोद पौडेलले निर्देशन गरेको चलचित्र हो । यसमा हरिवंश आचार्य, दयाहाङ राई, पूजा चन्द, ऋचा घिमिरे, अदिती प्याकुरेल, जोयश पाण्डेलगायत हलिउड कलाकार ब्रुस डर्नलगायतको अभिनय रहेको छ ।

नेपालमा लाइट म्यानले दैनिक २५ सयदेखि तीन हजार रुपैयाँ पारिश्रमिक पाउँदै आएका छन् । वैशाख १२ गते यो चलचित्र रिलिज हुँदै छ ।

सम्बन्धित खबर