Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
‘भूठान’ चलचित्रमा हलिउडका प्राविधिक
बिहिवार, चैत १४, २०८१
काठमाडौं, १४ चैत ।चलचित्र ‘भूठान’ अमेरिकामा छायांकन भएको चलचित्र हो । अमेरिकाको ओहायोमा यो चलचित्र गत वर्ष छायांकन भएको थियो ।
अमेरिकामा छायांकन भएकाले यो चलचित्रमा हलिउडका प्राविधिक पनि रहेका छन् । छायांकनका हरेक विभागको नेतृत्व नेपाली प्राविधिकले गरे पनि असिस्टेन्टका रूपमा हलिउडका प्राविधिकले काम गरेका छन् ।
हलिउडका दशजना प्राविधिकले ‘भूठान’मा काम गरेको निर्देशक विनोद पौडेलले जानकारी दिनुभयो । हलिउडका प्राविधिकले निकै महंगो पारिश्रमिक लिने विनोद बताउँनुहुन्छ ।
“लाइट म्यानले दिनको ५०० डलर ९करिब ६८ हजार नेपाली रुपैयाँ० लिन्थे,” विनोद भन्नुहुन्छ, “त्यसैले हामीले जतिसक्दो चाँडो छायांकन सक्ने प्रयास गरेका थियौँ । यसका लागि छायांकनमा जानुअगाडि नै तयारी गरेका थियौँ ।” ‘भूठान’को छायांकन १७ दिनमा सकिएको निर्देशक पौडेलले जानकारी दिनुभयो ।
चलचित्र ‘भूठान’ विदेशमा रहेको आप्रवासीले आफ्नो घर फर्कन नपाएको कथामा विनोद पौडेलले निर्देशन गरेको चलचित्र हो । यसमा हरिवंश आचार्य, दयाहाङ राई, पूजा चन्द, ऋचा घिमिरे, अदिती प्याकुरेल, जोयश पाण्डेलगायत हलिउड कलाकार ब्रुस डर्नलगायतको अभिनय रहेको छ ।
नेपालमा लाइट म्यानले दैनिक २५ सयदेखि तीन हजार रुपैयाँ पारिश्रमिक पाउँदै आएका छन् । वैशाख १२ गते यो चलचित्र रिलिज हुँदै छ ।