शुक्रवार, असोज ४, २०८१
NayaPaper | अनलाइन पत्रिका

सभामुख घिमिरेलाई सवारी चालक एसोशिएसन झापाले ज्ञापन पत्र बुझायो

बुधवार, फागुन २४, २०७९

कनकाई । सरकारी तथा संस्थान सवारी चालक एसोशिएसन झापाले सभामुख देवराज घिमिरेलाई ज्ञापन पत्र बुझाएको छ ।

कनकाई नगरपालिकाको कार्यालयमा सोमबार आयोजित एक कार्यक्रमका विच चालक एसोशिएसनले विभिन्न मागहरु समेटिएको ९ बुँदे मागसहितको ज्ञापन पत्र बुझाएको सचिव खेमराज नेपालले जानकारी दिनु भयो । ज्ञापनपत्रमा एसोशिएसनले सवारी दुर्घटनामा परि अङ्गभङ्ग भएका सवारी चालकलाई राज्य तथा सम्बन्धित कार्यालयले नहेर्दाको अवस्था, कार्यालय प्रमुखको सरुवा हुँदा तथा निर्वाचन पश्चात (स्थानीय तह, प्रदेश र केन्द्र) सवारी चालकलाई जिम्मेवारबाट हटाउने तितो यर्थाथ रहेको उल्लेख गरिएको छ ।

एसोशिएसनका मागहरु यस प्रकार छन् ।

१. स्वीकृत दरबन्दि भित्र रहेका अस्थायी, करार र ज्यालादारी सेवामा सम्झौता गरि कामकाज गरि रहेका सवारी चालक कर्मचारीहरुलाई स्वत स्थायी गरिनु पर्ने ।

२. स्वीकृत दरबन्दी भित्र रहि अस्थायी, करार र ज्यालादारी सेवामा कामकाज गरि रहेका सवारी चालक कर्मचारीहरुलाई १ पटकका लागि उमेर हद नलाग्ने गरि स्थायी र स्तर वृद्धि गर्ने व्यवस्था गरिनु पर्ने ।

३. अस्थायी, करार र ज्यालादारी सेवामा कामकाज गरि रहेका सवारी चालक कर्मचारीहरुलाई नेपाल सरकारबाट उपलब्ध गराउने मासिक महंङ्गी भत्ता उपलब्ध गराउनु पर्ने ।

४. सम्पूर्ण स्थायी, अस्थायी, करार र ज्यालादारी सेवामा कामकाज गरि रहेका सवारी चालक कर्मचारीहरुलाई जोखिम तथा जिवन बीमाको व्यवस्था गरिनु पर्ने ।

५. अस्थायी, करार र ज्यालादारी सेवामा कामकाज गरि रहेका सवारी चालक कर्मचारीहरुलाई सञ्चयकोषको व्यवस्था गरिनु पर्ने ।

६. स्वीकृत दरबन्दी भित्र रहेका अस्थायी, करार र ज्यालादारी सेवामा कामकाज गरि रहेका सवारी चालक कर्मचारीहरुलाई सेवाबाट अवाकास हुँदा कम्तिमा सेवा अवधिको आधारमा उपदानको व्यवस्था गरिनु पर्ने ।

७. सरकारी तथा संस्थान सेवामा कार्यरत सवारी चालकहरुको अनिर्वाय रुपमा दुर्घटना बीमा गरिनु पर्ने ।
८. सरकारी तथा संस्थान कार्यालयमा कार्यरत अस्थायी, करार र ज्यालादारी सवारी चालक कर्मचारीहरुलाई वर्षको २ पटक स्वास्थ्य परिक्षण तथा उपचार खर्चको व्यवस्था गरिनु पर्ने ।

९. सरकारी तथा संस्थान कार्यालयमा कार्यरत अस्थायी, करार र ज्यालादारी सवारी चालक कर्मचारीहरुलाई सार्वजनिक विदा बाहेक मासिक २ दिन विदाको व्यवस्था गर्नुका साथै उक्त विदा संचित रहेको अवस्थामा चैत्र महिनाको अन्तिमा सोको रकम भुक्तानि गरिने व्यवस्था गरिनु पर्ने ।

सम्बन्धित खबर