Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
चैत १८ गतेदेखि बिर्तामोडमा स्नुकर च्याम्पियनसीप हुने
शुक्रवार, चैत १५, २०८१
बिर्तामोड, १५ चैत : बिर्तामोडमा 'प्रथम बिर्तामोड स्नुकर च्याम्पियनसीप प्रतियोगिता' हुने भएको छ ।
नगर खेलकुद विकास समितिको आयोजना तथा वडा नम्बर ४ खेलकद विकास समितिको सह-आयोजनामा चैत १८ गतेदेखि
प्रतियोगिता हुने भएको हो ।
वडा नम्बर ४ मा आयोजित यस प्रतियोगितालाई बिर्तामोड स्नुकरले समन्वय गरेको छ । प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको लागि फारम खुलेको छ । ईच्छुकहरुले चैत १६ गतेसम्ममा फारम भरेर बुझाउनु पर्ने खेल संयोजक विशाल अग्रवालले जानकारी दिनु भयो । यसको फारम वडा नम्बर ४ को कार्यालय र बिर्तामोड स्नुकरमा उपलव्ध रहेको जनाईएको छ । प्रतियोगितामा नाम दर्ताका लागि १ हजार शुल्क तोकिएको छ ।
यस प्रतियोगिताको विजेताले २१ हजार र उप-विजेताले ११ हजार नगद र ट्रफी तथा मेडल प्राप्त गर्ने छन् । यस्तै हाइएस्ट ब्रेकरले ५ हजार रुपैयाँ ट्रफी तथा मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ । खेल चैत २३ गतेसम्म सञ्चालन हुने जनाईएको छ ।
प्रतियोगिताको उद्घाटन वडा नम्बर ४ का वडाअध्यक्ष राहुल शर्माले गर्नु हुनेछ । नगरमै पहिलो पटक आयोजना गरिएको यस प्रतियोगितामा नि:शुल्क प्रवेशको व्यवस्था छ । प्रतियोगिताको कुल बजेट १ लाख ८० हजार रहेको आयोजकले जनाएको छ ।