Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
इलाममा किशोरीको शव गाडिएको अवस्थामा फेला
शुक्रवार, चैत १५, २०८१
इलाम, १५ चैत :इलाममा एक किशोरीको शव गाडिएको अवस्थामा फेला परेको छ । फाकफोकथुम गाउँपालिका–३ सल्लेरीकी १९ वर्षीया विमला कट्टेलको शव उनी हराएको १५ दिनपछि फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार कट्टेलको शव फाकफोकथुम गाउँपालिकाको गोलाइ भन्ने स्थानमा आज फेला परेको हो । शव उत्खनन गर्ने कार्य भइरहेको उहाँले बताउनुभयो । शव उत्खनन गरेपछि कानुनी प्रक्रिया पूरा गरेर अनुसन्धान अघि बढाइने सूचना अधिकारी राईले बताउनुभयो । प्रहरीले उनका श्रीमान् उमेश गिरीलाई नियन्त्रणमा लिएको छ ।
देउमाई नगरपालिका जितपुर माइत भएकी कट्टेल महिला गएको अवस्थमा यही चैत १ गतेदेखि बेपत्ता थिइन् । हराएपछि उनका ससुरा कृष्णलाल गिरीले प्रहरीमा उजुरी दिएका थिए ।