शनिवार, असार ७, २०८२
Nayapaper | अनलाइन पत्रिका

सुनको मूल्य हालसम्मकै उच्च

शुक्रवार, चैत १५, २०८१

काठमाडौँ, १५ चैत : सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

बिहीबार प्रतितोला रू एक लाख ७४ हजार आठ सयमा कारोबार भएको सुन आज एक हजार चार सय बढेर तोलामा रू एक लाख ७६ हजार दुई सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ७३ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला रू २० बढेर रू दुई हजार ४० कायम भएको छ । 

सम्बन्धित खबर