काठमाडौँ, १५ चैत । तीनकुनेमा एउटा घरमा आगलागी भएको छ । राजावादीको प्रदर्शन र सभा बिथोलिएको केहीबेरमा घरमा आगजनी भएको हो ।
राजावादीले गरेको प्रदर्शनमा क्रममा एक घरमा आगो लागेको हो । के कति कारणले आगो लाग्यो भन्नेबारे भने खुलेको छैन । यो समाचार तयार पार्दासम्म आगो निभाउन दमकल आएको छैन ।
यसअघि यही घरमा राजावादीहरुको प्रदर्शनमा सहभागीहरुले तोडफोड गरेका थिए । सोही घर माथि रहेका प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो ।


