काठमाडौँ, १५ चैत । राजावादीहरूको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रहरीले हवाई फायर गरेको छ । स्थिति नियन्त्रण बाहिर गएपछि प्रहरी बाध्य भएर हवाई फायर गरेको बताइएको छ ।
तीनकुनेमा भेला भएका प्रदर्शनकारीले व्यापारिक मल माथि ढुङ्गा मुढा गरेका छन् । यस्तै केही घरहरूमा आगजनी समेत गरेका छन् । स्थिति प्रहरीको नियन्त्रण बाहिर गएपछि प्रहरीले सुरुमा आगो निभाउन गएको दमकल प्रयोग गरेको थियो ।
दमकलमाथि पनि प्रदर्शनकारीले आगजनी गर्न खोजेका थिए । ढुङ्गा हानेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो । तर पनि प्रदर्शनकारीले शान्तिपूर्ण गतिविधि नगरेपछि हवाई फायर गरेको हो ।


