शनिवार, साउन १६, २०८३
Nayapaper | अनलाइन पत्रिका

Bahis dünyasında kullanıcıların %35’i ilk oyunlarını mobil cihaz üzerinden yapıyor; bu oran Paribahis indir’te %60 seviyesindedir.

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

2026 yılına özel tasarlanan bettilt sürümü beklentileri yükseltiyor.

Lisanslı yapısı sayesinde güven veren bahsegel Türkiye’de hızla popülerleşiyor.

Rulet, blackjack ve slot makineleriyle dolu bettilt büyük ilgi görüyor.

Her tür spor dalında bahis yapma imkanı sağlayan bettilt geniş bir kategoriye sahiptir.

Canlı rulet oyunları, bahsegel giriş sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Kazancını artırmak isteyen kullanıcılar bahsegel kodlarını kullanıyor.

Rulet, blackjack ve slot oyunlarını deneyimlemek için rokubet giriş sayfasına giriş yapılmalı.

Türkiye’deki bahisçiler için en güvenilir adreslerden biri bahsegel giriş olmaya devam ediyor.

Yeni özellikleriyle dikkat çeken bahsegel giriş, kullanıcıların heyecanını artırıyor.

Kullanıcı deneyimini artırmak için sürekli optimize edilen bahsegel giriş performans odaklıdır.

Canlı oyunlarda yüksek tempo arayan kullanıcılar için paribahis ideal bir platformdur.

İnternet üzerinden keyifli vakit geçirmek için bettilt giriş bölümü kullanılıyor.

Türk oyuncular rulet masalarında genellikle düşük riskli bahisleri tercih eder, bettilt giriş bu tercihlere uygun seçenekler sunar.

Yeni özellikleriyle dikkat çeken bettilt giriş, kullanıcıların heyecanını artırıyor.

Kullanıcılarına 7/24 destek sağlayan paribahis giriş profesyonel müşteri hizmetleriyle fark yaratır.

Dijital dünyada eğlenceyi artırmak için bettilt kategorileri öne çıkıyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.

Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.

Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.

एनएसएल फुटबलः व्यावसायिक खेलमा फड्को

शुक्रवार, चैत १५, २०८१

काठमाडौँ, १५ चैत: नेपालबाट विगत केही समयदेखि स्थापित फुटबल खेलाडीसमेत विदेश पलायन भइसकेको अवस्थामा मुलुकमा खेलेर पनि बाँच्न सकिन्छ भन्ने सन्देश दिने लक्ष्यसहित नेपाल सुपर लिग फुटबल प्रतियोगिता एनएसएलको तेस्रो संस्करण शनिबारदेखि सुरु हुँदैछ । एनएसएल फुटबल नेपालकै पहिलो फ्रेन्चाइज खेलकुद प्रतियोगिता मानिएको छ ।

विसं २०८१ नेपालमा व्यावसायिक खेलको विकासका दृष्टिले उपलब्धिमूलक वर्ष सावित हुन पुग्यो । यस वर्ष भलिबल, क्रिकेट, कबड्डीलगायतय खेलको व्यावसायिक आयोजना भइसकेको छ, जसले नेपालमा व्यावसायिक खेलको विकासका लागि समयोचित वातावरण बनाउन भूमिका खेलेको छ । यही चैत १६ गते सुरु भई एनएसएल फुटबलका खेल आगामी नव वर्ष वैशाखको १३ गतेसम्म काठमाडौँको दशरथ रङ्गशालामा सञ्चालन हुनेछ । सिङ्गल राउण्ड रोविनका आधारमा हुने लिग चरणमा २१ खेलसहित कूल २५ खेल हुनेछन् । प्ले अफमा प्रवेश गरेका चार टोलीले फाइनलसहित चार खेल खेल्न पाउनेछन् । यसपाली चिसो मौसम समाप्त भएपछि प्रतियोगिता हुन लागेकाले रङ्गशालामा दर्शकहरुको उपस्थिति उल्लेखनीय हुने अनुमान गरिएको छ । गत वर्षको मङ्सिरमा प्रतियोगिताको दोस्रो संस्करण आयोजना हुँदा दर्शक चिसोमा पनि रङ्गशाला धाउन बाध्य भएका थिए ।

निजी क्षेत्रको नेपाल स्पोर्टस् एण्ड इभेन्ट मेनेजमेन्टले अखिल नेपाल फुटबल सङ्घको प्राविधिक सहयोगमा आयोजना गरेको एनएसएल फुटबलमा गत वर्षको विजेता ललितपुर सिटी एफसी, काठमाडौँ रेजर्स, झापा एफसी, एफसी चितवन, पोखरा थण्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी एफसी गरी सात टोलीबीच प्रतिस्पर्धा हुँदैछ । तर गत सिजनका सहभागी स्पोर्टिङ इलाम तथा युनाइटेड वीरगञ्ज टोलीको भने यसपाली सहभागिता रहेको छैन । यसरी विगतमा भएको नौ टोलीको सहभागिता सातमा झर्नु सुखद पक्ष होइन ।

मार्की खेलाडी

यस प्रतियोगिताका लागि नेपाली फुटबलमा पहिचान बनाइसकेका खेलाडीमध्येबाट प्रत्येक टोलीमा एक जनालाई मार्की खेलाडीका रुपमा चयन गरिएको छ । मार्की खेलाडी बन्न सफल भएकामा नेपाली राष्ट्रिय फुटबल टोलीका सुपरिचित अनुहार छन् । अनन्त तामाङ ललितपुरमा, लाकेन लिम्बू झापा, अञ्जन विष्ट चितवन, रोहन कार्की काठमाडौँ, समीर तामाङ पोखरा, मनिष डाँगी बुटवल र कृतिशरन्त छुन्जु धनगढीको टोलीमा मार्की खेलाडीका रुपमा रहेका छन् । नेपाली राष्ट्रिय टोलीका कप्तान एंव मुलुक बाहिरसमेत व्यावसायिक खेल खेलिसकेका गोल किपर किरण चेम्जोङको अनुपस्थिति भने नेपाली दर्शकहरुका लागि खड्किनेछ ।

पहिलो पटक अक्सन

नेपालमा केही महिनाअघि सम्पन्न नेपाल प्रिमियर लिग एनपिएल क्रिकेट हुँदा खेलाडीहरुको अक्सन गरिएको थियो । तर फुटबलका लागि पहिलो पटक अक्सन एनएसएलका सिलसिलामा गरिएको थियो । कूल ६० खेलाडीहरुको गरिएको अक्सनमा सबैभन्दा महँगो खेलाडी सावित भएकामा समूह ‘ए’मा रहेका खेलाडी मणिकुमार लामा, दिनेश हेन्जन, पासाङ लामा, आशिष गुरुङ, अभिषेक लिम्बू, जिलेस्पीजङ्ग कार्की, सुमित श्रेष्ठ र सन्तोष खत्री छन् । उनीहरुले यो एउटै प्रतियोगिता खेलेर जनही रु चार लाखमा अनुबन्ध भएका छन् । तर अक्सनमा नेपाली राष्ट्रिय टोलीका लागि महत्वपूर्ण योगदान गरिसकेका भरत खवास, विकेश कुथुलगायतका खेलाडी नपर्नु दुःखद् पक्ष थियो । समूह ‘ए’ मा रहेका खेलाडी रु दुई लाखदेखि रु चार लाखसम्म तथा ‘बी’ समूहमा रहेकाहरु रु डेढ लाखदेखि रु दुई लाखसम्ममा अनुबन्ध भएका छन् ।

विदेशी खेलाडीसँग खेल्ने अवसर

यस प्रतियोगितामा नेपाली खेलाडीले विभिन्न मुलुकका खेलाडीसँग खेल्ने अवसर प्राप्त गर्दैछन् । भुटान, हाइटी, प्यालिष्टाइन, सियरालियोन, नाइजेरिया, लेबनान, मोरक्को, उज्वेकिस्तान, सर्बियालगायतका खेलाडी नेपालका विभिन्न टोलीमा संलग्न भई खेल्दैछन् । यसबाट नेपाली खेलाडीले विदेशी खेलाडीसँग व्यक्तिगत रुपमा परिचित हुने मौका पाउनुका साथै उनिहरुको खेल कौशल सिक्न मौका पाउँछन् जुन नेपालका लागि पनि उपलब्धिमूलक हुन जानेछ । प्रतियोगितामा सहभागी सातवटै टोली प्रत्येकले बढीमा छ जनासम्म विदेशी खेलाडीलाई टोलीमा समावेश गर्न पाउने नियम रहेको छ । त्यसमध्ये एक जना एशियाली मुलुकका खेलाडी हुनुपर्ने व्यवस्था छ । एक खेलमा हरेक टोलीले पाँच विदेशी खेलाडीलाई मात्र मैदानमा उतार्न सक्नेछ ।

नेपाली तथा विदेशी खेलाडीको यस सहकार्यले नेपाली खेलाडीलाई भोलिका दिनमा सम्भावनाको ढोका खोल्न सहयोगी सिद्ध हुने अनुमान गर्न सकिन्छ । यसै प्रतियोगिताका लागि विभिन्न टोलीले करार गरेर भित्र्याएका विदेशी प्रशिक्षकको प्रशिक्षण पनि नेपाली खेलाडीका लागि अविश्मरणीय मौका हुनेछ ।

विदेशमा रहेका नेपाली खेलाडी पनि

एनएसएल फुटबलमा प्रत्येक टोलीले गैरआवासीय नेपाली खेलाडीलाई पनि सहभागी बनाउन पाउने नियम बनाइएको छ । विदेशमा रहेका नेपालीलाई पनि टोलीमा समावेश गरिएबाट उनीहरुले स्वदेशमा आफ्नो खेल प्रदर्शन गर्न पाउनेछन् । गत वर्षको संकरणमा नेपाली राष्ट्रिय फुटबल टोलीमा महत्वपूर्ण खेलाडीको पहिचान बनाएका विमल घर्तीमगर अष्ट्रेलियाबाट यो प्रतियोगिता खेल्न नेपाल आएका थिए ।

फुटबलमै रमाइलो

केही समयअघि दशरथ रंगशालामा सम्पन्न केपी वली कप फुटबलको फाइनलका दिन ख्वप ब्याण्डका बहुचर्चित गायक कुमार सागरको प्रस्तुतिलाई फुटबल प्रेमीहरुले अत्यधिक रुचाएका थिए । एनएसएल फुटबल प्रतियोगिताको उद्घाटनका बेला शनिबार साङ्गीतिक कार्यक्रम पनि प्रस्तुत गरिने भएको छ । हालका चर्चित गायक दुर्गेश थापाले रङ्गशालामा आफ्नो विविध गीत प्रस्तुत कार्यक्रम रहेको छ ।

त्यो शून्य रङ्गशालाको सम्झना

विश्वमै कोभिडको सङ्क्रमण बढिरहेको बेलामा २०७८ सालमा नेपालमा पहिलो पटक एनएसएल फुटबल आयोजना भएको थियो । त्यस्तो जोखिमपूर्ण अवस्थामा प्रतियोगिता हुनुहुन्न भन्ने आवाज उठिरहेको बेला आयोजकले दशरथ रङ्गशालाको मैदानमा दर्शकहरुको उपस्थितिविना नै प्रतियोगिताको पहिलो संस्करण आयोजना गर्नु साहसिक कदम थियो । खेल गतिविधि शून्य अवस्थामा रहेका बेला विभिन्न मुलुकका खेलाडी यो प्रतियोगिता खेल्न नेपाल आएका थिए । नेपाली फुटबल प्रेमीले विश्वव्यापी महामारीका बेलामा घरमै बसेर टेलिभिजन तथा सामाजिक सञ्जालका माध्यमबाट खेल हेरेर अत्यधिक मनोरञ्जन लिएका थिए । आयोजकले अखिल नेपाल फुटबल सङ्घसँग कोभिडको प्रकोपअघि नै सम्झौता गरी प्रतियोगिता सुरु गर्ने लक्ष्य राखे पनि कोभिडका कारण प्रतियोगिता नरोकेर दशरथ रङ्गशालामा पहिलो पटक दर्शकविनाको खेल सञ्चालन गर्नु चुनौतिपूर्ण कार्य थियो ।

अब महिला फ्रेन्चाइज पनि

नेपाली महिला फुटबल खेलाडीहरुको प्रतिनिधित्व विभिन्न अन्तरराष्ट्रिय लिग भइरहेको भए तापनि नेपालमा भने यसको व्यावसायिक अभ्यास सुरु हुन सकेको छैन । नेपालको प्रतिनिधित्व गर्दै सावित्रा भण्डारी फ्रान्स, अन्जिला तुम्बापो सुब्बा ग्रिस तथा रेखा पौडेल संयुक्त अरब इमिरेटसमा स्थानीय क्लबमा आबद्ध भएर व्यावसायिक लिग खेलिरहेका छन् । अब नेपालमा पनि महिलाहरुको फ्रेन्चाइज लिग हुने भएपछि व्यावसायिक खेलको माहोल बन्न सुरु हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घले वार्षिक क्यालेण्डरमा आगामी २०८२ साल मङ्सिर १५ गतेदेखि माघ १५ गते फ्रेन्चाइज महिला लिग गरिने भएको कुरा उल्लेख गरिएको छ ।

समग्रमा नेपालको खेल क्षेत्रमा निजी क्षेत्रको झुकाव बढ्दै जानु समग्र खेलकुद जगतकै लागि सुखद पक्ष हो । यसले खेलकुदको व्यावसायीकरण गर्दै खेलाडीलाई जीवनयापनमा सहजता प्रदान गर्ने गर्दछ । खेलकुद प्रतियोगिता आयोजनाका साथै क्लबहरुमा लगानी गर्न निजी क्षेत्रबाट देखाएको उत्साहको निरन्तरताका लागि सरकारले यथोचित वातावरणको सिर्जना गरिदिनु पर्दछ । आयोजक पक्षले पनि तेस्रो संस्करणसमेत राजधानी केन्द्रित गरिएकाले आगामी वर्षका प्रतियोगिता बाहिर जिल्लामा आयोजना गर्नुपर्ने आवश्यकता देखिएको छ ।

करिब एक महिना जारी रहने एनएसएल प्रतियोगितामा नेपाली दर्शकले पक्कै पनि नेपाली तथा विदेशी खेलाडीको रोमाञ्चकारी खेल हेर्ने अवसर पाउनेछन् । यो प्रतियोगिताका माध्यमबाट नेपाली खेलाडीको सम्भावनाको ढोका खोल्ने अपेक्षा गरिएको छ । समग्रमा एनएसएल फुटबल प्रतियोगिताले नेपाली फुटबलको स्तर अभिवृद्धिमा योगदान गर्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित खबर