मङ्गलवार, चैत १९, २०८१
Nayapaper | अनलाइन पत्रिका

घरबाट हामफालेर वृद्धको मृत्यु

शनिवार, चैत १६, २०८१

बिर्तामोड, १६ चैत : झापाको दमकमा आफ्नै घरबाट हामफालेर एकजना वृद्धको मृत्यु भएको छ ।

दमक–५ दिपिनी मार्गस्थित आफ्नै तीनतले घरको छतबाट हामफालेर ८१ वर्षीय टेकबहादुर गुरुङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घटनास्थलमा प्रहरी टोली गएको र घटनाबारे अनुसन्धान सुरु गरिएको झापाका प्रहरी प्रवक्ता डिएसपी खगेन्द्र खड्काले जानकारी दिनुभयो ।

सम्बन्धित खबर