शनिवार, मंसिर ८, २०८१
Nayapaper | अनलाइन पत्रिका

श्री एयरलाइन्सको जहाज सुरक्षित अवतरण, यात्रु सकुशल

बिहिवार, फागुन २५, २०७९

काठमाडौं । काठमाडौंबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो लागेको देखिएपछि काठमाडौं नै फर्काएर सुरक्षित अवतरण गराइएको छ ।

उडान नं. ८२१ को जहाजको इन्जिनमा आगो देखिएपछि धादिङको थाक्रेबाट फर्किएको थियो । सो जहाज त्रिभुवन विमानस्थलमा केहीबेर अघि सुरक्षित अवतरण गरेको छ । सो जहाजमा रहेका चालक दलका सदस्य र यात्रुहरू सबै सकुशल छन् । 

सम्बन्धित खबर