मङ्गलवार, फागुन २६, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

ताप्लेजुङमा आगलागीका घटना बढ्दै

आइतवार, चैत १७, २०८१

 ताप्लेजुङ, १७ चैतः जिल्लामा पछिल्लो समय आगलागीका घटना बढिरहेका छन् । विशेष गरी सुक्खायाम सुरु भएसँगै आगलागीको जोखिम उच्च बनेको हो ।
 
गत आइतबार मेरिङ्देन गाउँपालिका–५ सिङ्थाप गाउँमा दिउँसो ३ बजे सन्तोष तामाङको घरमा आगलागी भयो । केहीबेरमा घर जलेर पूर्ण रूपमा नष्ट भएपछि तामाङ परिवार विस्थापित हुनुपर्‍यो । यस घटनाबाट करिब रु छ लाख बराबरको क्षति भएको छ ।
 
यसैगरी, मङ्गलबार आठराई त्रिवेणी गाउँपालिका–२ फूलबारी चोकपुर गाउँका लालबहादुर कालीकोटेको घरमा आगलागी हुँदा उहाँको परिवार पनि विस्थापित भयो । अघिल्लो आइतबार फुङ्लिङ नगरपालिका–३ साउनेपानी गाउँमा प्रेम निरौलाको घरमा आगलागी भयो । नगरपालिकाले दमकलको सहयोगमा आगो नियन्त्रणमा लिए पनि उक्त घटनाबाट रु चार लाख बराबरको क्षति भएको नगर कार्यालयले जनाएको छ ।
 
जिल्ला प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षको साउनदेखि फागुन १६ गतेसम्म १५ स्थानमा आगलागीका घटना भएका छन् । ती घटनामा ११ घर पूर्ण रूपमा जलेका छन् भने ११ परिवार विस्थापित भएका छन् । 
 
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विवेक बस्नेतका अनुसार एक घटनामा श्रीमान्–श्रीमतीबीचको झगडाका कारण आगलागी हुँदा रु पाँच लाख बराबरको क्षति पुगेको छ । त्यस्तै, चार वटा पुलमा आगलागीबाट क्षति पुगेको छ । उहाँले चालु आवको नौ महिनामा आगलागीबाट रु ५७ लाख ९५ हजार बराबरको क्षति भएको जानकारी दिनुभयो । 
 
गत आवमा आगलागीका कारण जिल्लामा ३२ घर जलेर नष्ट भएका थिए भने एक हजार ५६० रोपनी वन क्षेत्र नष्ट भएको थियो । आगलागीका घटनाले जनधनको मात्र होइन, वन सम्पदा, वन्यजन्तु, पूर्वाधारलगायत संरचनामा गम्भीर क्षति पुर्‍याउने भन्दै सावधानी अपनाउन जिल्ला प्रहरी कार्यालयले सबैलाई अनुरोध गरेको छ ।
सम्बन्धित खबर