शनिवार, चैत ७, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

‘जनताको अवस्था परिवर्तन गर्ने गरी सरकारले काम गर्नुपर्छ’

सोमवार, चैत १८, २०८१

काठमाडौँ, १८ चैतः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद रेखा शर्माले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नका लागि जनताले अनुभूत गर्ने गरी सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा आफ्नो दलका तर्फबाट धारणा राख्दै उहाँले राजनीतिक व्यवस्थाको परिवर्तनसँगै जनताको अवस्थाको परिवर्तन गराउने गरी सरकारले काम गर्नुपर्ने बताउनुभयो ।

उहाँले यही चैत १५ गते काठमाडौँको तीनकुनेमा पूर्वराजा पक्षधरले देखाएको व्यवहार पूर्णत गैरकानुनी र असंवैधानिक रहेको उल्लेख गर्नुभयो । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको त्याग, बलिदानबाट प्राप्त भएको उल्लेख गर्दै पूर्वसञ्चारमन्त्रीसमेत रहनुभएका नेत्री शर्माले संविधान र कानुनविपरीत गतिविधि गर्ने छुट कोही कसैलाई नभएको बताउनुभयो ।

तीनकुने घटनामा सरकारी संस्था जलाइएको, दुई जनाको ज्यान गएको, दर्जनौँ नागरिक घाइते भएको तथा सार्वजनिक सङ्घ संस्थामाथि तोडफोड भएकामा आपत्ति प्रकट गर्दै उहाँले पूर्वसावधान अपनाउने काममा सरकारले कमजोरी गरेको दाबी गर्नुभयो ।

लोकतन्त्रलाई थप समृद्ध बनाउनका लागि सबैको साथ र सहयोग जरुरी उल्लेख गर्दै उहाँले जनतालाई सेवा सुविधा प्रदान गरी व्यवस्थालाई सबल र सक्षम बनाउनुपर्ने धारणा राख्नुभयो । संविधान, व्यवस्थालाई बलियो बनाउनका लागि सरकारले सुशासनको प्रत्याभूति दिलाउनुपर्ने, गैरकानुनी गतिविधि नियन्त्रण गर्नुपर्ने बताउनुभयो ।

आफ्नो पार्टीसहित समाजवादी मोर्चामा आवद्ध दलहरुको तर्फबाट आयोजित जनप्रदर्शन सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संविधानका पक्षमा मत जाहेर गरेको सांसद शर्माको भनाइ छ । सुशासनको पक्षमा स्पष्ट धारणा राख्दै आफ्नो पार्टीले सोही अनुसारको गतिविधि गर्न सरकारलाई खबरदारी गर्ने उल्लेख गर्दै सङ्घीय संसद्मा भइरहेको अवरोध तत्कालका लागि स्थगित गरिएको जानकारी दिनुभयो ।

उहाँले सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलाई हटाएर अन्याय गरेको बताउनुभयो । सांसद शर्माले तीनकुने घटानामा संलग्न जुनसुकै प्रकारका दोषीलाई कारबाहीको दायरामा ल्याउन उहाँले पटक–पटक माग गर्नुभयो ।

सम्बन्धित खबर