Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
ईद पर्वबाट शान्तिसहितको समृद्धि ल्याउन सहयोग पुग्छ: मुख्यमन्त्री कार्की
सोमवार, चैत १८, २०८१
मोरङ, १८ चैत : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ईद पर्वले शान्तिसहितको समृद्धिको यात्रामा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
आज ईद पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले जनतामा सद्भाव विस्तार गरेर सरकारले लिएको सुखी नेपाली समृद्ध नेपालको लक्ष्य प्राप्तिमा सहयोग पुग्ने बताउनुभएको छ ।
नेपालको संविधानले सबै जातजाति र धर्मालम्बीको अधिकार स्थापित गरेको स्मरण गर्दै मुख्यमन्त्री कार्कीले सबै मिलेर संविधानको रक्षा गर्न लाग्नुपर्नेमा जोड दिनुभएको छ । ईद पर्वले एकताका साथमा शान्तिसहितको समृद्धिको यात्रामा सहयोग पुग्ने उहाँको विश्वास छ ।
संविधानले सबैलाई समान व्यवहार गरेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले संविधानको यस प्रावधानको रक्षा र संरक्षण गर्न प्रेरणा दिने बताउनुभएको छ । नेपाल बहुजाति बहुभाषिक र बहुधार्मिक मुलुक भएकाले हाम्रो आफ्नै मौलिक परम्परा र संस्कृति रहेको उल्लेख गर्नुभएको छ ।