Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
पत्रकार रजककी श्रीमतीलाई रोजगारीको व्यवस्था गर्ने प्रधानमन्त्रीको आश्वासन
सोमवार, चैत १८, २०८१
काठमाडौँ, १८ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत १५ गतेको तीनकुने–घटनामा मारिएका पत्रकार सुरेश रजकका परिवारलाई आज भेट्नुभएको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले अराजक जत्थाको आगलागीका कारण अकालमा ज्यान गुमाउन पुगेका पत्रकार रजकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारमा समवेदना व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले उक्त दुःखद् घटनाको छानबिन गरी दोषीमाथि कडा कारवाही गरिने प्रक्रिया सुरु भएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले मृतकको दाहसंस्कार गर्न परिवारजनलाई आग्रह गर्दै सुरेशकी श्रीमती सुजन रजकलाई रोजगारीलगायत आवश्यक पर्ने अन्य व्यवस्थाका लागि सरकारले ध्यान दिने बताउनुभयो ।
प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेको समन्वयमा भएको भेटमा सुरेशका दाइहरु रमेश रजक र दिनेश रजकलगायत सहभागी हुनुहुन्थ्यो ।