शुक्रवार, असोज ४, २०८१
NayaPaper | अनलाइन पत्रिका

बिर्तामोडमा लेखा व्यवस्थापन तालिम सुरु

बिहिवार, फागुन २५, २०७९

झापा । बिर्तामोडमा लेखा व्यवस्थापन तथा कर सम्बन्धी तालिम सुरु भएको छ ।
बिर्तामोड नगरपालिकाको आयोजनामा आजदेखि
विराट बहुउदेश्य सहकारी संस्थाको हल बिर्ताबजारमा तालिम सुरु भएको हो ।
तालिमको नगर प्रमुख पवित्रा महतारा प्रसाईले व्यानर पढेर उद्घाटन गर्नु भयो । तालिम उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले जनता र सहकारी विचको सम्बन्ध पारदर्शी बनाउने उदेश्यकासाथ यो तालिमको आयोजना गरीएको बताउनु भयो । सहकारीले राज्यलाई सहयोग गरेको भन्दै उहाँले सहकारीहरुलाई नियमन गर्दै बलियो बनाएर लैजानु पर्ने धारणा राख्नु भयो ।
तालिममा अहिले ३० जना सहभागी छन् । यस पछि फेरि ३० जनालाई तालिमको व्यवस्थापन गरिने नगरका सामाजिक विकास तथा सहकारी शाखा अधिकृत डिल्ली दाहालले जानकारी दिनु भयो ।

तालिममा कर व्यवस्थापन, खाता पोष्टीङ्ग, नाफा नोक्सान, आयव्यय, ट्रायल व्यालेन्स, ट्रेडिङ्ग अकाउण्ट, नाफा बाँडफाड, वासलत लगायतका विषयमा प्रशिक्षण गराइने अधिकृत दाहालले जानकारी दिनु भयो ।

सामाजिक विकास समिति संयोजक यमुना आचार्यको अध्यक्षतामा आयोजित तालिम उद्घाटन कार्यक्रममा कार्यपालिका सदस्य तिला गौतम, निर्मला सुनुवार, बिर्तामोड नगरअस्पताल संचालन तथा व्यवस्थापन समिति सदस्य अर्जुन पाठकको पनि उपस्थिति रहेको थियो ।

बिर्तामोड नगरपालिकाले यस अघि सहकारी तथा गरिबी निवारण सूचना प्रणाली (कोपोमिस) सम्बन्धि तालिम ६० जनालाई प्रदान गरेको थियो ।

सम्बन्धित खबर