मङ्गलवार, फागुन २६, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

पत्रकारले संभावना देखाउने हो, निराशा फैल्याउने होइन :एमाले नेता ओली

बिहिवार, चैत २१, २०८१

बिर्तामोड,२१ चैत : प्रेस चौतारी नेपाल झापाले नवनिर्वाचित केन्द्रीय सदस्यहरुलाई बधाई ज्ञापन गरेको छ । आज बिर्तामोडमा आयोजित विस्तारित बैठकमा बधाई ज्ञापन गरेको हो ।
चैत १०–१२ विराटनगरमा सम्पन्न राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित माधव विद्रोही, गोपाल काफ्ले, सावित्रा दाहाल, मिना विश्वकर्मा, शम्भु दाहाललाई बधाई ज्ञापन गरिएको हो । बैठकका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य एवम् झापा इञ्चार्ज रोमनाथ ओलीले रुद्राक्षको माला लगाईदिएर बधाई शुभकामना ज्ञापन गर्नुभएको हो ।

बैठकले चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी समर्थकको हिंसात्मक आन्दोलनका क्रममा मारिएका पत्रकार सुरेश रजकको हत्यारालाई कारबाहीको माग गरेको छ ।
चौतारीले चैत ३० गते दमकमा हुने जनसभामा प्रचारको कामलाई व्यवस्थित गर्ने, कार्ययोजना बमोजिम बैशाख १५ भित्र दुई वटा कार्यक्रम गर्ने लगायतका निर्णयहरु गरेको अध्यक्ष प्रदीप परियारले जानकारी दिनुभयो ।

लेखेर विचार, दृष्टिकोण एवम् सन्देशहरु प्रवाह गर्न सूझाव
विस्तारित बैठकका प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य रोमनाथ ओलीले पत्रकारहरुले बोल्ने कार्य कम गरी लेखेर विचार, दृष्टिकोण एवम् सन्देशहरु प्रवाह गर्नुपर्ने सुझाव दिनुभएको छ । बैठकलाई सम्बोधन गर्दै पार्टीका जिल्ला इन्चार्जसमेत रहेका ओलीले यस्तो सुझाव दिनु भएको हो ।
‘पत्रकारले राजनीति गर्न हुँदैन भन्ने कुरा म यदाकदा सुन्ने गर्छु’ प्रशिक्षणात्मक मन्तब्यमा नेता ओलीले भन्नुभयो, ‘समाचारमा राजनीतिक पक्षपोषण नगरी सन्तुलनमा राखेर प्रस्तुत गर्नुपर्छ तर विचार निर्माणका लागि राजनीतिक ज्ञान भएन भने यस्तो पत्रकारले उत्कृष्ट सामग्री पस्कनै सक्तैनन् ।’

‘आज कतिपय आमसञ्चार माध्यमहरु र सामाजिक सञ्जालमा बहुदलीय व्यवस्थाप्रति वितृष्णा उत्पन्न हुने खालका समाचार सामग्रीहरु प्रकाशन प्रसारण हुने गरेका छन् । यसलाई हेरेर, पढेर, सुनेर कतिपय मानिसहरु अहिलेको व्यवस्था नै खराब हो भन्न पनि थालेका छन्’ एमाले केन्द्रीय सदस्य ओलीले थप्नुभयो, ‘यस विषयलाई एउटै डालोमा राखेर हेर्न मिल्दैन, ‘समष्टी’ र ‘बेष्ठी’मा विभक्त गरी बुझाउन आवश्यक छ । नेता ओलीले खोज पत्रकारिताबाट आशा जगाउने सामग्रीहरु बाहिर ल्याउन सूझाव दिनुभयो । ‘ पत्रकारको काम आशा देखाउने, संभावना देखाउने, निराशा फैल्याउने होइन’ उहाँले थप्नुभयो ।

नयाँ पुस्ताले राजतन्त्रको बारेमा नबुझेको बताउँदै उहाँले भन्नभुयो, हामी राजनीतिक दलका मान्छेहरु मुखले जुध्छौं, पत्रकारहरु कलमले जुध्नुहोस् । नकारात्मक विचार हुनेहरु आफै सकिदै जाने उहाँको धारणा थियो ।
उहाँका अनुसार पार्टीको प्रदेश कमिटीले आगामी चैत ३० गते दमकमा आयोजना गरेको जागरण सभामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री के पी शर्मा ओलीले सम्बोधन गर्ने जानकारी गराउँदै जिल्ला इन्चार्ज ओलीले आजको धुमिल राजनीतिका विषयमा केन्द्रीय नेतृत्वले प्रष्ट पार्ने पनि बताउनुभयो ।
सो बैठकमा पार्टी प्रदेश कमिटीका सदस्य तथा प्रेस चौतारीका इन्चार्ज गणेश पोखरेलले पछिल्लो समय कपीपेष्ट पत्रकारिता मौलाएको बताउँदै ‘बाइलाइन’ समाचार उत्पादनमा ध्यान दिन सुझाव दिनुभयो । उहाँले बहुदलीय व्यवस्था र अहिलेको गणतन्त्रात्मक राज्य व्यवस्थाभन्दा त पञ्चायत नै राम्रो थियो भन्नेहरुको मुख बुझो लाग्ने गरी कम्तीमा २०७४ सालपछि मुलुकमा भइरहेको आमुल परिवर्तनका विषयवस्तुहरु पस्कन सक्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

प्रेस चौतारी नेपाल झापा जिल्ला कमिटीका अध्यक्ष प्रदीप परियारको अध्यक्षतामा आयोजित विस्तारित बैठकमा नेपाल पत्रकार महासंघ झापा शाखाका उपाध्यक्ष सुब्रत न्यौपानेले पत्रकार सुरेश रजक हत्या काण्डबारे छानविन गरी दोषीलाई कारबाही गर्न गरिएको दबावमुलक आन्दोलनबारे जानकारी गराउनुभयो । उहाँले २०८१ चैत मसान्तभित्र सदस्यता नविकरण गरिसक्नुपर्ने समयसीमा पनि पत्रकारलाई स्मरण गराउनुभएको छ ।
संगठनका सचिव युवराज आचार्यले सहजीकरण गरेको बैठकमा आमन्त्रित पार्टी नेतृत्व, संगठनको नेतृत्व एवम् सहभागीहरुलाई उपाध्यक्ष सुनिरा मैनालीले शाब्दिक स्वागत गनुभएको थियो ।

सम्बन्धित खबर