सोमवार, चैत २, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

‘मिसन ग्रासरुट’ झापाका वडा वडामा सुरु

बिहिवार, फागुन २५, २०७९

झापा । नेकपा एमालेले सञ्चालन गरेको पार्टी सुदृढीकरण तथा विस्तार अभियान ‘मिसन ग्रासरुट’ अन्तर्गत आज जिल्लाभर वडास्तरमा कार्यक्रम सञ्चालन गरिएको छ ।

सोही क्रममा झापाको बिर्तामोड नगरपालिकाका १० वटै वडामा आज दिउँसो ११ बजेदेखि वडा कमिटीको बिस्तारित बैठक मार्फत् अभियानको सुरुवात गरिएको हो । नगरपालिकाको भूगोलमा बसोबास गरी जिल्ला कमिटीको जिम्मेवारीमा रहेका डिसिएमहरुलाई वडास्तरमा पार्टी सुदृढीकरण तथा विस्तार अभियान सञ्चालनको जिम्मेवारी तोकिएकाले आजदेखि एकसाथ सो कार्यक्रम सुरु गरिएको हो ।

बिर्तामोड नगरपालिका वडा नं. ३ मा सहजकर्ताका रुपमा जिम्मेवारी तोकिएका जिल्ला कमिटी सदस्य एवम् प्रचार तथा प्रकाशन विभाग प्रमुख गोपाल काफ्ले र जिल्ला कमिटी सदस्य तथा निर्वाचन क्षेत्र नं. ३ (२)का सहइन्चार्ज कृष्णप्रसाद पोखरेलले मिसन ग्रासरुटका विषयमा प्रकाश पार्नु भएको थियो।

वडाकमिटीका अध्यक्ष कुमार बुढाथोकीको अध्यक्षतामा सञ्चालित विस्तारित बैठकमा प्रमुख सहजकर्ता जिल्ला प्रचार तथा प्रकाशन विभाग प्रमुख काफ्लेले मिसन ग्रासरुटले सम्बोधन गर्ने विषयहरु माथि प्रकाश पार्नु भएको थियो । आसन्न स्ववियु निर्वाचनमा मतदाता रहने आफ्ना छोराछोरीहरुलाई अनेरास्ववियुले प्रस्तुत गरेका उम्मेदवारलाई मतदान गर्न पार्टीका सबै तहका नेता कार्यकर्ताले सम्झाउनु पर्ने काफ्लेको भनाई थियो ।

यसैगरी लामो समयदेखि एमालेमा आस्था राखेका तर हाल निस्क्रिय बसेका पुराना कार्यकर्ताहरुलाई भेट गरी सम्बोधन गर्ने, ज्येष्ठ कम्युनिष्टहरुलाई सम्मान गर्ने, पार्टी सदस्यता नलिएका क्याडरहरुलाई सदस्यता दिने, नयाँ सदस्यहरु बनाउने, नविकरण नगरेकाहरुको गर्न लगाउनेज्सता कार्यहरु मिसन ग्रासरुट अन्तरगतका कामहरु भएको काफ्लेले बताउनु भयो।

अर्का सहजकर्ता जिल्ला कमिटी सदस्य पोखरेलले हिजो अस्तिसम्म एमालेको झण्डा बोकेर हिंडेको मान्छे आज निस्क्रिय छ कि अरु कसैको पछि लागेको छ भन्ने खुट्याउन मिसन ग्रासरुट सहयोगी हुने बताउनु भयो। पोख्रेलले अभियानको दुई महिने अवधिमा वडास्तरका सबै जनसंगठन, जनवर्गीय संगठन, भातृ संगठन र टोल कमिटीहरुको अधिवेशन गरी नयाँ नेतृत्व चयन गरिसक्न वडा कमिटीलाई निर्देशन गर्नुभयो।

बैठकले वडाका १३ वटै टोल कमिटीको बैठक, भेला र मिसन ग्रासरुट अभियानबारे जागरण कार्यक्रम चैत ४ गते शनिबारभित्र गरिसक्ने गरी वडाकमिटीका पदाधिकारी सदस्यलाई जिम्मेवारी तोकेको छ । उक्त टोलहरुमा नगर कमिटीका सदस्यहरु सहजकर्ताका रुपमा खट्ने जनाइएको छ ।

वडा कमिटी अध्यक्ष बुढाथोकीले कार्यसूचि प्रस्तुत गरेपछि सुरु भएको विस्तारित बैठकमा जिल्ला सहकारी विभागका सदस्य ताराप्रसाद चापागाईंले वर्तमान तरलतालाई सम्बोधन गर्न पनि मिसन ग्रासरुट सहयोगी बन्ने धारणा राख्नुभएको थियो। वडा कमिटीका सचिव हरि बाँस्कोटाले सञ्चालन गरेको बैठकमा अनेमसंघ वडा नं. ३ का निवर्तमान अध्यक्ष कृतिका गौतम आचार्यले आजको बैठकमा सहभागी भएर अनुभूति गरेको विषयमा धारणा राख्नुभयो।

सोही अभियान अन्तरगत आज कमल गाउँपालिका वडा नम्वर ३ वडा कमिटीले पनि अभियान सञ्चालन गरेको छ । पार्टी सुदृढीकरण गर्दै आगामी दिनमा सबल पार्टी निर्माण गर्ने योजनाका बारेमा प्रदेश कमिटीका सल्लाकार सदस्य चन्द्र पोखरेलले सहजीकरण गर्नु भएको थियो।
आगामी वैशाख ९ गते (मार्च २२) का दिन पार्टी स्थापना भएको ७३ वर्ष पूरा हुँदासम्म सबै पार्टी सदस्यले सदस्यता नविकरण गरिसक्नु पर्ने योजना सुनाउँदै एमाले नेता पोखरेलले टोल, वडा र गाउँकमिटी तथा जनवर्गीय संगठनहरुको अधिवेशन गरी नयाँ नेतृत्व चयन गरिसक्नुपर्ने कार्यादेश रहेको बताउनु भयो।

वडाकमिटी अध्यक्ष राम बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य चन्द्रकुमार शेर्मा र मदन अधिकारी, जिल्ला कमिटी सदस्य चक्रबहादर गुरुङ्ग लगायतले पार्टीको वर्तामान अवस्था र आगामी दिनमा पार्टीले गर्ने कार्यक्रमका बारेमा जानकारी गराएका छन् ।
वडाकमिटीका सचिव मनोज गुरुङले सञ्चालन गरेको कार्यक्रममा गाउँकमिटी सदस्य तथा ३ नम्वर वडा इन्चार्ज छत्र फागोले शाब्दिक स्वागत गर्नुभयो।

यसैगरी, झापाको गौरादहमा नेकपा एमाले गौरादह नगर कमिटीले मिसन ग्रासरुट अभियान सुरु भएको छ । बुधबार अभिमुखीकरण एवम् प्रशिक्षण कार्यक्रम गरी अभियानको शुरुवात गरेको हो ।

अभियान अन्तर्गत पार्टीका प्रशिक्षणसँगै संगठन सुदृढिकरण र बिस्तारको कामसँगै हुनेछ । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा झापा जिल्ला इन्चार्ज अग्नि खरेलको प्रमुख अतिथ्यमा भएको कार्यक्रमले कार्ययोजना पारित गरेको हो । अभियानलाई वडा र टोलसम्म कार्यकर्तालाई क्रियाशिल गराउने निणर्य गरेको छ ।

पार्टीका अभियन्ता तथा केन्द्रीय सदस्य युवराज बाँस्कोटाले अभियानलाई जनस्तरसम्म पुर्याउनका लागि जनमुखी कार्यक्रम लिएर अघि बढ्ने बताउनु भयो। उहांले सबै कमिटी परिचालन गरी अभियानलाई व्यवस्थित बनाउन जोड दिनुभयो। मिसन ग्रासरुट अभियान अन्तर्गत फागुन मसान्तसम्म जनसंगठनको प्रशिक्षण सम्पन्न गरिने कार्ययोजना बनाइएको छ ।

यस्तै आजको अभिमुखीकरणले वडा कमिटीको बैठक फागुन २५ गते देखि ३० गतेसम्म, टोल भेला चैत ७ गते सम्ममा गरिसक्ने निणर्य गरिएको छ । त्यस्तै पार्टी सदस्यता नविकरण चैत १५ गते सम्ममा गर्ने, पूर्व जनप्रतिनिधि र अग्रज पार्टी कार्यकर्ताको संयुक्त बैठक चैत १७ गते गर्ने, स्थानीय पालिका संसदीय दलको बैठक चैत १९ गते गर्ने निणर्य भएको नगर कमिटी अध्यक्ष मित्रदेव काफ्लेले जानकारी दिनुभयो।

अध्यक्ष काफ्लेका अनुसार बृहत पार्टी प्रवेश कार्यक्रम चैत २६ गते गर्ने र वडा प्रतिनिधि परिषद र पालिका प्रतिनिधि परिषद बैठक चैत मसान्तसम्ममा गर्ने निणर्य गरिएको छ । यस्तै अभियान अन्तरगत एमालेका सबै जनसंगठनलाई परिचालन गर्नका लागि क्षेत्र अनुसारको जिम्मेवारी तोकिएको छ । अभियानमा केन्द्रका प्रमुख अभियान्तासँगै प्रदेश र जिल्लाले खटाएका अभियान्तासमेत सँगै रहने अध्यक्ष काफ्लेको भनाई छ ।

सम्बन्धित खबर