काठमाडौं, २३ चैतः उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकार नेपाली सञ्चार क्षेत्रको बिकास र समृद्धिमा सधै सकारात्मक रहनेप्रतिवद्धता जनाउनु भएको छ ।
प्रेस चौतारी नेपालका नवनिर्वाचित पदाधिकारीसँग अर्थ मन्त्रालयमा भएको भेटमा उपप्रधान तथा अर्थमन्त्री पौडेलले पत्रकारको पक्षमासरकार सदैव सकारात्मक रहेको र पत्रकारले सरकारको कमी कमजोरी औल्याउनु पर्ने बताउनु भयो ।
अर्थमन्त्री पौडेलले पत्रकारले राष्ट्र निर्माणको लागि योगदान गर्नुपर्ने पनि बताउनु भयो । ‘सरकार सञ्चार क्षेत्रको बिकाश र गुणस्तरकायम होस भन्ने चाहन्छ । आफ्नो सामर्थ्यले भ्याएसम्म सहयोग गर्छ । सिमित स्रोत साधनको बावजुद सञ्चार क्षेत्रको बिकासमासघाउन चाहन्छ । आफ्नो क्षमताले भ्याएसम्म सहयोग गर्छ भन्नेमा तपाईंहरु ढुक्क हुनोस,’ नेकपा एमालेका उपाध्यक्षसमेत रहनुभएकाउपप्रधान तथा अर्थमन्त्री पौडेलले भन्नुभयो ।
पछिल्लो समय सत्यलाई ओझेलमा पार्ने गरी अफवाह फैलाउने अभियान चलाइएको भन्दै उहाँले त्यसप्रति नेपाली सञ्चार जगत सचेतरहनुपर्ने र सत्यलाई स्थापित गर्ने कुरामा अब्बल भूमिकामा उत्रनुपर्ने सुझाव पनि दिनुभयो । प्रेस चौतारी नेपालको नवनिर्वाचित नेतृत्वलाईबधाई तथा शुभकामना दिँदै उपप्रधानमन्त्री पौडेलले सरकारले गरेका सकारात्मक कामको प्रचार र सुधार गर्नुपर्ने क्षेत्रमा सुझाव दिन पनिआग्रह गर्नुभयो ।
यस्तै मन्त्री पौडेलले पत्रकारिता क्षेत्रले समाजमा सकारात्मक सन्देश प्रवाह गरी राष्ट्र निर्माणमा महत्त्वपूर्ण योगदान दिन सक्ने बताउनुभयो । उपप्रधानमन्त्री पौडेलले सरकार पत्रकारसँग सहकार्य गरेर अघि बढ्न प्रतिबद्ध रहेको जानकारी पनि गराउनु भएको छ । सो क्रममाउपप्रधानमन्त्री पौडेलले प्रेस चौतारी नेपालसहित सवै सञ्चार संगठनहरुसँग आवश्यक सहयोग र सहकार्य गर्न सकार तयार रहेकाजानकारी दिनुभएको प्रेस चौतारीका महासचिव हिरामान लामाले बताउनु भयो ।
कार्यक्रममा प्रेस चौतारी नेपालका नवनिर्वाचित अध्यक्ष गणेश पाण्डेसहितका पदाधिकारी, निवर्तमान अध्यक्ष गणेश बस्नेत र नेकपाएमाले स्थायी कमिटी सदस्य तथा प्रेस चौतारी नेपालका इञ्चार्ज राजेन्द्र गौतमलगायतको उपस्थिति रहेको थियो ।


