शुक्रवार, चैत २९, २०८१
Nayapaper | अनलाइन पत्रिका

चुनावबाट जनमत सावित गरेर चाहेजस्तो व्यवस्था ल्याउन पूर्वराजालाई महामन्त्री शर्माको चुनौती

शनिवार, चैत २३, २०८१

झापा, २३ चैतः नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चुनावबाट जनमत सावित गरेर चाहेजस्तो व्यवस्था ल्याउन पूर्वराजालाईचुनौती दिनुभएको   झापाको मेचीनगर, धुलाबारीमा पार्टीले आयोजित गरेको क्षेत्रीय प्रशिक्षण कार्यक्रममा आज उहाँले पूर्वराजाज्ञानेन्द्र शाहलाई आपूmसँग जनता छन् भन्ने लागेको भए २०८४ सालको चुनावमाश्रीपेच चुनाव चिह्नलिएर दुई तिहाई जनमत ल्याएरव्यवस्था बदल्न चुनौती दिनुभयो

महामन्त्री शर्माले भन्नुभयो,“चौरासी सालमा चुनाव हुँदैछ यदि तपाईलाई आपूmसँग जनता छन् भन्ने लागेको भने श्रीपेच चुनावचिह्नमा मत माग्नुहोस् दुई तिहाई ल्याएर जनता आपूmसँग भएको देखाउनुहोस्, अनि संविधान संशोधन गरेर चाहेको व्यवस्था गर्नुस् तरत्यसबाहेकका उपायद्वारा देशलाई अराजकतातिर लिने प्रयास स्वीकार्य हुँदैन

संविधानसभाको पहिलो बैठकले विधिवत् रूपमा लोकतान्त्रिक गणतन्त्रको घोषणा गरेको स्मरण गर्दै उहाँले सडकमा केही समर्थकउतार्दैमा राजावादीले संविधानसभाको निर्णय उल्ट्याउन नसक्ने बताउनुभयो संविधानसभाको निर्णय बदल्ने उपाय भनेको विधिवत्ढङ्गले संविधानको संशोधन हो त्यसो गर्न चुनावमा दुई तिहाई बहुमत ल्याउनैपर्छ”, महामन्त्री शर्माको भनाइ थियो,“हिजो राजाकोपालामा जस्तो संविधान संशोधनको अधिकार कसैको हुकुम हातमा नभएको हेक्का राख्न मेरो चेतावनी सडकमा मान्छे उतार्दैआकाशतिर फर्केर मेरा जनता यति छन् उति छन् भनेर अनुमान गरेको भरमा जनमत यकिन हुँदैन

उहाँले नेपाली जनताले कुन वंशको गर्भबाट जन्मेको भन्ने आधारमा नभइ कस्तो कर्म गरेको भन्ने आधारमा आफ्ना प्रतिनिधि चुन्ने गरेकोधारणा राख्नुभयो

सम्बन्धित खबर