शनिवार, असोज ५, २०८१
NayaPaper | अनलाइन पत्रिका

विवाह वर्षगाठ र छोरीको जन्मदिनमा भट्टराई दम्पत्तिको उदाहरणीय कार्य

बिहिवार, फागुन २५, २०७९

बिर्तामोड । पछिल्लो समय जन्मदिन, विवाह वर्षगाठलगायतका कार्यक्रमहरुमा फजुल खर्च गर्ने, तडक–भडक देखाउने प्रचलन बढ्दो छ । तर, त्यस्ता कार्यमा गरिने फजुल खर्चलाई सामाजिक कार्यमा खर्च गर्नेहरु समाजमा कमै भेटिन्छन् ।
यसैक्रममा नेकपा एमाले बिर्तामोड नगरकमिटि अध्यक्ष सुवास भट्टराई र रीमा भट्टराईले आफ्नो विवाह वर्षगाठ र छोरी आरसवी भट्टराईको जन्मदिन फरक तरिकाले मनाउनु भयो ।
भट्टराई परिवारले झापाको बिर्तामोड–४ स्थित मेघाबारी टोलमा सञ्चालन भइरहेको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा सहभागी हुँदै ५१ हजार एक सय ११ रुपैयाँ प्रदान गरेर विवाह वर्षगाठ र छोरीको जन्मदिन मनाएको हो।
सिद्धिविनायक भजन किर्तन मण्डली बिर्तामोड –४ को आयोजनामा दशगात्र गर्ने कर्मयोग भवन र ज्येष्ठ नागरिक चौतारीसहितको बहुउद्देश्यीय सामुदायिक भवन निर्माण गर्ने उद्देश्यले मेघाबारी टोलमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सञ्चालन गरिएकाले उक्त पवित्र उद्धेश्य पूरा गर्न आफूले सहयोग गरेको सुवास भट्टराईले बताउनु भयो।
नेपाल अलैंची व्यवसायी महासंघका उपाध्यक्ष, सिम्रिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसमेत रहनु भएका समाजसेवी भट्टराईले जन्मदिन, विवाह वर्षगाठलगायतका कार्यक्रमहरुमा फजुल खर्च गर्ने, तडक–भडक देखाउनु भन्दा त्यहाँ गरिने खर्च सामाजिक कार्यमा लगाउँदा आफूलाई आनन्द आउने बताउनु भयो ।

त्यस्तै वीरता लेडी जेसीजकी सक्रिय सदस्य समेत रहवु भएकी रीमा भट्टराईले दशगात्र गर्ने कर्मयोग भवन र ज्येष्ठ नागरिक चौतारीसहितको बहुउद्देश्यीय सामुदायिक भवन निर्माण गर्ने पवित्र उद्देश्यले आयोजना गरिएको महायज्ञमा सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्नु भयो ।
कार्यक्रममा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञकी प्रमुख वाचिका भागवत मञ्जरी राधिका दासीले दोसल्ला र कदर पत्र प्रदान गर्दै भट्टराई दम्पत्तिलाई आशिर्वाद प्रदान गर्नु भयो ।
महायज्ञ आयोजक समितिकी अध्यक्ष भीमा शिवाकोटीले भट्टराई दम्पत्तिले आफ्नो विवाह वर्षगाठ र छोरीको जन्मदिनमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा आर्थिक सहयोग गरेर पुण्यको कार्य गरेको बताउनु भयो ।

दशगात्र गर्ने कर्मयोग भवन र ज्येष्ठ नागरिक चौतारीसहितको बहुउद्देश्यीय सामुदायिक भवन निर्माण गर्ने उद्देश्यले श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना भइरहेको छ ।

सम्बन्धित खबर