शुक्रवार, चैत २९, २०८१
Nayapaper | अनलाइन पत्रिका

लोकतन्त्र र राजसंस्था सँगै जान नसक्नेः महासचिव पोखरेल

आइतवार, चैत २४, २०८१

काठमाडौं, २४ चैतः नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा लोकतन्त्र राजसंस्था सँगै जान नसक्ने कुरा बुझ्न कांग्रेसकानेताहरूलाई आग्रह गर्नुभएको

यदि पूर्वराजा ज्ञानेन्द्रको शासन बेहोर्नु परेको भए बिपी पनि गणतन्त्रको पक्षमा जानु हुने पोखरेलको धारणा  बिपीको समयमा बिपीभन्दा पनि राजसंस्थाको हिमायती रहनुभएका गिरिजाप्रसाद कोइराला ज्ञानेन्द्रकै कारण गणतन्त्रको पक्षमा आउनु भएको उहाँले स्मरणगराउनुभएको नेपालमा लोकतन्त्र राजसंस्था सँगै जान सक्दछ भन्नेहरूले बुझ्नु पर्दछ पूर्वराजा ज्ञानेन्द्रको शासन बेहोर्नु परेको भएबिपी पनि गणतन्त्रका पक्षमा उभिनुहुन्थ्यो, किनकि बिपीको समयमा बिपी भन्दा बढी नै संवैधानिक राजसंस्थाका हिमायती हुनुहुन्थ्योगिरिजाप्रसाद कोइराला’, सामाजिक सञ्जाल फेसबुकमा पोखरेलले लेख्नु भएको

नेपालगञ्जमा राजावादीले बिपीको सालिकमा मोसो दलेर तोडफोड प्रयास गरेकोमा उहाँले निन्दा गर्नुभएको राजतन्त्र होइन, राजसंस्था पुनर्स्थापना आन्दोलनमा हो राप्रपा भन्नेहरूले नेपालगञ्जमा बिपीको सालिकमा कालोमोसो दल्ने तोडफोड गर्ने धृष्टतागरेछन्, अब आफैँ बुझ्नुहोस् राजावादीहरू के चाहन्छन् ? आन्दोलनका संयोजक धवलशमशेरको गृहनगरीबाट दिएको सन्देश हो कांग्रेसभित्रका संवैधानिक राजसंस्थाका हिमायतीहरूलाई’, उहाँले लेख्नु भएको

सम्बन्धित खबर