बिहिवार, फागुन २८, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

पाल्पामा डढेलोले सखाप हुँदै जङ्गल

मङ्गलवार, चैत २६, २०८१

पाल्पा, २६ चैतः लामो समयसम्म पानी नपरेर खरेडी लागेकाले जिल्लाका अधिकांश जङ्गलमा डढेलो लाग्न थालेको हालसम्मयहाँका ३६ सामुदायिक तथा सरकारी जङ्गलमा लागेको डढेलोले सात सय ११ हेक्टर क्षेत्रफल नष्ट गरेको

यहाँका अधिकांश वन क्षेत्रका नयाँ बिरुवा डढेर खरानी बनेका छन् जङ्गलमा दिनदिनै बढेको डढेलोले दुई वर्षयताका नयाँबिरुवा डढाएर खरानी बनाएको जिल्लास्थित डिभिजन वन कार्यालयले जनाएको डढेलोले वयस्क पुराना रुख पनि नष्ट गरेकोकार्यालयका प्रमुख नारायणदेव भट्टराईले बताउनुभयो

चैत लागेसँगै बढेको डढेलोले वन क्षेत्र उजाड बनेको अहिले रुख बिरुवाले पालुवा फेर्न झारेका पुराना पात सुकेकाले पनिवनमा लाग्ने डढेलोले आगो चाँडै फैलने गरेको प्रमुख भट्टराईले बताउनुभयो वन क्षेत्रमा दिनदिनै बढेको डढेलोले रुख, बिरुवा सखापहुनुका साथै नजिकका बस्ती पनि आगलागीको उच्च जोखिममा परेकाले उच्च सर्तकता अपनाउन उहाँले सबैलाई आग्रह गर्नुभयो

यसपाली हिउँदे वर्षा नभएकाले डढेलो झन् फैलिएको स्थानीय बताउँछन् हिउँदे वर्षाले रुख, बिरुवाले झारेका पातपतिङ्गरभिजाउँदा आगो ढिलो फैलने विगतको अनुभव सम्झँदै वन क्षेत्र नजिकका बासिन्दा यसपाली हिउँदे वर्षा नहुँदा चैत मध्यभित्रै डढेलोलेविकराल रूप लिएको बताउँछन्

विशेषगरी जङ्गल नजिकैका बस्तीका नागरिक आगो लाग्नासाथ चिन्तित हुने गर्दछन् जङ्गलमा लागेको आगो घरमा आउनेडरले स्थानीय चिन्तित भएका छन् वसन्त ग्रीष्म ऋतु विशेषगरी डढेलो जोखिमको समय मानिन्छ डढेलोका कारण वर्षभरि भएकोहरियाली वन क्षणभरान नष्ट हुन्छ यस वर्ष पनि गर्मी मौसम सुरु हुनासाथ डढेलोेका घटनाहरू बढेका वन प्रमुख भट्टराईले उल्लेखगर्नुभयो

केही दिनयता जिल्लाका तिनाउ गाउँपालिका- झुम्साको खुलखुले सामुदायिक वन, झुम्साको वसन्तपुर नजिक ओढारखोला, सरागखोला, कचलको काम्लेटटरी, मसिना, सिद्धचुहार, तरुले सामुदायिक वन, झिँगामारा, रिङ्सिङ वन, तिनाउ गाउँपालिका- कोसुकेताल खुर्साने नजिकैको जङ्गल, रम्भा गाउँपालिकाअन्तर्गत पर्ने रिमिघा डाँडा जङ्गल, रिब्दीकोट गाउँपालिकाको पालुङसामुदायिक वनलगायत जङ्गलमा डढेलो लागिरहेको जिल्लास्थित डिभिजन वन कार्यालयले जनाएको

निस्दीको ज्यामिरेस्थित अरुणखोलास्थित जङ्गल, ज्यामिरेको वेभोके, बतासा, मठेखर्क, क्षेत्रीखर्क, माथागढीको रहवास, हात्तीलुङलगायत स्थानमा पनि डढेलो लागेको कार्यालयका प्रमुख भट्टराईले जानकारी दिनुभयो उहाँका अनुसार यहाँका स्थानीयलेबस्ती जोगाउन सफल भए पनि मानवीय क्षतिसहित जङ्गल, केही घरगोठ भौतिक संरचनामा क्षति भएका छन्

हालसम्म जङ्गलमा लागेको डढेलो निभाउने क्रममा एक जनाको मृत्यु भएको जनाउँदै प्रमुख भट्टराईले १६ वटा घरगोठ जलेकाबताउनुभयो सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा लिन प्रयास गरे पनि आगो पूर्ण रूपमा ननिभ्दा हावाहुरीले पुनःसल्किनेसमस्या रहेको उहाँले बताउनुभयो जिल्लाका तिनाउ, रिब्दीकोट, बगनासकाली, तानसेन रैनादेवी छहरामा बढी डढेलो लागेको उहाँलेजानकारी दिनुभयो

अधिकांश डढेलो लागेको जङ्गल नजिकै बस्ती छन् ती बस्तीमा हावाहुरीले कुनै पनि समय डढेलो छिर्ने डरले स्थानीय रातभरसुत्न सक्दैँनन् हरेक वर्ष लाग्ने आगोका कारण रातभर निदाउनै नसकिने रिब्दीकोटकी भिमा कार्कीले बताउनुभयो अघिल्लो वर्षनजिकैको जङ्गलमा लागेको आगो बस्तीमा पसेको थियो, आगोबाट बल्लबल्ल बस्ती जोगाउन सफल भए पनि पटकपटकको डढेलोलेरातमा निन्द्रा लाग्दैन”, उहाँले भन्नुभयो

अहिले पनि यहाँ आगो लागेको भन्दै कार्कीले भन्नुभयो, “पहिले छिमेकीको घर जलेको थियो, कतै आफ्नो जल्ने होइन भन्नेपिरले अहिले पनि सताउँछ के गर्नु विपत्तिको अगाडि कसैको केही लाग्दो रहेनछ घरमा एक्लै बस्दै आउनुभएकी कार्कीले बढ्दैगएको डढेलोका कारण चिन्ता बढेको बताउनुभयो दिनहुँ जस्तो भगवान्लाई सम्झिँदै बस्नु परेको उहाँको भनाइ

डढेलो नियन्त्रणका लागि डिभिजन वन कार्यालयले मातहतका कार्यालय, सामुदायिक वन उपभोक्ता महासङ्घ, सामुदायिक वन, स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय निकायले दैनिकजसो नियन्त्रणको प्रयास गरे पनि सफल हुन नसकेका जनाइएको सुक्खा मौसम तीव्रगतिमा चलेको हावाहुरी, चुरे तथा महाभारत क्षेत्रको भू-बनोटले गर्दा डढेलो नियन्त्रण बाहिर गएको डिभिजन वनकार्यालयले जनाएको

दमकलले बस्ती नजिकेको आगो निभाए पनि जङ्गलको आगो भने नियन्त्रण गर्न नसकिएको वन कार्यालय प्रमुख भट्टराईलेजानकारी दिनुभयो उहाँका अनुसार पाल्पाका १० स्थानीय तहका ८१ वडामध्ये ३९ वटा वडाका वन, जङ्गल डढेलोको उच्च जोखिममाछन् भने २६ वडा मध्यम १६ वडा न्यून जोखिममा रहेका छन्

डढेलो नियन्त्रणका लागि पाल्पाका वनमा अग्निरेखा बनाउने भएका अग्निरेखा सरसफाइ गर्ने काम भइरहेको भट्टराईले जानकारीदिनुभयो गर्मी मौसम सुरु भएसँगै आगलागीका घटना बढ्दै गएपछि वन कार्यालयले डढेलो नियन्त्रणका लागि पूर्वसावधानी अपनाउँदैअग्निरेखा बनाउने कार्यलाई भने तीव्रता दिएको ”, उहाँले भन्नुभयो

सम्बन्धित खबर