शुक्रवार, असोज ४, २०८१
NayaPaper | अनलाइन पत्रिका

नेपाल मुस्लिम इत्तेहादको कोशी प्रदेशस्तरीय प्रथम अधिवेशन भोली

शुक्रवार, फागुन २६, २०७९

बिर्तामोड । नेपालमा मुस्लिमहरुको सबैभन्दा जेठो जनसंगठन नेपाल मुस्लिम इत्तेहाद संगठनको कोशी प्रदेशस्तरीय प्रथम अधिवेशन झापाको बिर्तामोडमा हुने भएको छ ।

नयाँ नेतृत्व चयनका लागि फागुन २७ र २८ गते बिर्तामोडमा नेकपा एमाले निकट संगठनको प्रदेशस्तरीय अधिवेशन हुन लागेको हो । अधिवेशनमा ३२० प्रतिनिधि र पर्यवेक्षक सहभागी हुँदैछन् ।

एमाले स्थायी कमिटी सदस्य तथा जनसंगठन प्रमुख भानुभक्त ढकालले अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको केन्द्रीय महासचिव तैयव हुसेनले बताउनु भयो ।

केन्द्रीय सचिव अफ्रोज खानका अनुसार मोरङ, सुनसरी, झापा र उदयपुरमा मुस्लिमहरुको बाक्लो उपस्थिति छ ।

 

सम्बन्धित खबर