Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
प्रचारबाजी होइन, जनताले महसुस गर्नेगरी काम गरौँ : उपप्रधानमन्त्री सिंह
बिहिवार, चैत २८, २०८१
काठमाडौँ, २७ चैतः उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले प्रचारबाजी मात्र नभई जनताले महसुस गर्नेगरी विकासका काम गर्नुपर्ने बताउनुभएको छ ।
अधिकार सम्पन्न बागमती एकीकृत सभ्यताको ३१औँ वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले प्रचारबाजीका लागि मात्र नभइ जनताले महसुस गर्नेगरी काम गरेर देखाउने समय आएको बताउनुभयो ।
“जेजति योजना हामीले अहिले सम्पन्न गरेको छौँ । त्यसको राम्रोसँग आम जनतालाई जानकारी गराउने र बाँकी कामलाई अगाडि बढाउँदा जनतालाई सुसूचित गराउनुपर्छ”, उहाँले भन्नुभयो ।
उपप्रधानमन्त्री सिंहले बाग्मती नदी किनारमा रहेका मन्दिरको पुनःनिर्माण र जिर्णाेद्वार गरिएको जानकारी दिनुभयो । धेरै सम्पदा रहेको बाग्मती नदी किनारमा ‘हेरिटेज वाक’को चर्चा भएपनि काम प्रभावकारी हुन नसकेकोप्रति उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो । हेरिटेज वाकदेखि करिडोरलाई व्यवस्थित गर्ने र नदी सफा गर्नेलगायतका काम तत्काल गर्नुपर्नेमा उपप्रधानमन्त्री सिंहले जोड दिनुभयो ।
त्यसैगरी उहाँले नदीहरुको करिडोर निर्माण प्रभावकारी रूपमा अगाडि बढाउने पनि प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, “हामीले गर्ने भनेको नदीहरुलाई स्वच्छ बनाउन, दुर्गन्ध हटाउने हो । त्यसका लागि योजना बनाएर अगाडि बढ्ने बाहेक हामीसँग अरु उपाय छैन् ।”