ओखलढुङ्गा, २८ चैतः घरमा हुने सुत्केरी दर शून्य बनाउन सरकारले विभिन्न अभियान सञ्चालन गरेको छ । जिल्लामा सरकारी संयन्त्रलेसुरक्षित मातृत्व कार्यक्रम सञ्चालन गरिरहेका छन् । पायक पार्ने स्थानमा चौबिसै घण्टा सेवा उपलब्ध हुने गरी बर्थिङ सेन्टर स्थापनाभएका छन् । तर ओखलढुङ्गामा अझै घरमा सुत्केरी हुने क्रम रोकिएको छैन । चालु आर्थिक वर्ष २०८१÷८२ को आठ महिनामा २९ जनाघरमै सुत्केरी भएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटारको तथ्याङ्कानुसार चालु आवमा सबैभन्दा बढी चिशङ्खुगढी गाउँपालिकामा आठ जना गर्भवतीघरमै सुत्केरी भएका छन् । त्यस्तै सिद्धिचरण नगरपालिकामा चार, मोलुङमा तीन, खिजीदेम्बामा पाँच, चम्पादेवीमा सात, सुनकोशी रमानेभञ्ज्याङ गाउँपालिकामा एक–एक जना घरमै सुत्केरी भएका छन् । लिखु गाउँपालिकामा भने चालु आर्वमा घरमा सुत्केरी भएकोतथ्याङ्क छैन ।
पछिल्ला तीन आवमा ११६ गर्भवती घरमै सुत्केरी भएका छन् । आव २०८०÷८१ मा ४५ र आव २०७९÷८० मा ४२ जना महिला घरमैसुत्केरी भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी विवेक पोखरेलले बताउनुभयो । सुरक्षित मातृत्व कार्यक्रम र गाउँगाउँमा दक्षस्वास्थ्यकर्मीसहित प्रसूतिगृह सञ्चालन गरेर संस्थागत सुत्केरी गराउन पहल गरिए पनि अझै घरमै सुत्केरी हुने क्रम नरोकिएको सूचनाअधिकारी पोखरेलको भनाइ छ ।
“नियमित गर्भजाँच र सुरक्षित सुत्केरीका लागि सचेतना र जागरणका कार्यक्रम सञ्चालन गरिएको छ । प्रसूतिगृह ठाउँठाउँमासञ्चालनमा छन् तर घरमा सुत्केरी हुने क्रम रोकिएको छैन”, पोखरेलले रासससँग भन्नुभयो, “यद्यपि विगतमा भन्दा केही सुधार आएकोछ । जिल्लाका सबै स्थानीय तह र सरोकारवाला निकायले थप पहल गर्ने र नागरिक आफैँ बढी सचेत हुने हो भने यो समस्या समाधानहुन्छ ।” स्वयंसेविका, स्वास्थ्यकर्मी र आमा समूहमार्फत पनि सुरक्षित मातृत्व कार्यक्रम सञ्चालन गरेर नियमित गर्भजाँच गराउने, घरमाहुने सुत्केरीको दर घटाउने, मातृशिशु मृत्युदर शून्य बनाउनेजस्ता अभियान सञ्चालन भइरहेको उहाँले बताउनुभयो ।
एक वर्षमा ९१ महिला उमेर नपुग्दै सुत्केरी
ओखलढुङ्गामा विवाहयोग्य उमेरअगावै सुत्केरी हुनेको सङ्ख्या बढेको छ । वालविवाह हुनेक्रम नरोकिएको यस जिल्लामा आठमहिनामा ९१ जना किशोरीले प्रजनन उमेरअगावै बच्चा जन्माएका हुन् । चालु आवको साउनदेखि फागुन मसान्तसम्म ९१ जना महिला २०वर्ष नपुग्दै सुत्केरी भएको स्वास्थ्य कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी विवेक पोखरेलले बताउनुभयो । कार्यालयका अनुसारसबैभन्दा बढी सिद्धिचरण नगरपालिकामा २९ जना किशोरी सुत्केरी भएका छन् ।
मानेभञ्ज्याङमा १७, चम्पादेवीमा १३ र सुनकोशीमा आठ जना कम उमेरमा सुत्केरी भएका छन् । लिखु, खिजीदेम्बा र मोलुङगाउँपालिकामा सात–सात जना र सबैभन्दा कम चिशङ्खुगढी गाउँपालिकामा तीन जना सरकारले तोकेको विवाह गर्ने उमेर नपुग्दै सुत्केरीभएका छन् ।
जिल्ला अस्पताल, ओखलढुङ्गा सामुदायिक अस्पताल र जिल्लाका विभिन्न स्थानीय तहका बर्थिङ सेन्टरमा सुत्केरी भएका महिलाकोउमेरअनुसार यो तथ्याङ्क सङ्कलन गरिएको छ । जिल्लामा विगतमा परिवारको दबाबमा उमेर नपुग्दै मागी विवाह गर्ने चलन थियो ।अहिले पारिवारिक दबाबमा मागी विवाह गर्ने क्रम घटेपछि २० वर्ष नपुग्दै प्रेम विवाह गर्नेको सङ्ख्या बढेको छ ।


