Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
दुर्गा प्रसाईँलाई केहीबेरमै बुद्ध एयरको जहाज मार्फत काठमाडौँ लगिने
शुक्रवार, चैत २९, २०८१
झापा, २९ चैत : भारतको आसाममा प्रहरीसमक्ष आत्मसमर्पण गरेका दुर्गा प्रसाईँलाई काँकरभिट्टा नाकाबाट नेपाल प्रवेश गराइएको छ । प्रहरीले अहिले उनलाई स्कटिङ गरी भद्रपुर विमानस्थल लगिरहेको छ भने उनलाई केहीबेरमै बुद्ध एयरको जहाजमा काठमाडौँतर्फ लगिँदैछ ।
चैत १५ गते तीनकुने घटनापछि फरार रहेका उनको खोजी कार्य नेपाल प्रहरीले गरिरहँदा उनले भने बिहीबार भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । प्रसाईंको सामाजिक सञ्जाल फेसबुकमा उनी आज बिहान करिब ९ः३० बजे काठमाडौं आन्तरिक टर्मिनलमा आइपुग्ने उल्लेख थियो ।
प्रसाईंको फेसबुकमा बिहीबार पनि आफूले प्रहरी समक्ष आत्मसमर्पण गरेको सूचना राखिएको थियो। आत्मसमर्पण गरेका प्रसाईंको उक्त फेसबुकबाट कसले सूचना प्रवाह गर्छ यसबारे भने केही खुल्न सकेको छैन।
स्रोतका अनुसार दुर्गाले आफ्नो यात्रा पशुपतिनगरबाट सुरु गरेका थिए। त्यसपछि दार्जिलिङ हुँदै भारत प्रवेश गरेका थिए। पछि उनी आसामको बक्सा जिल्लाको निकासी गाउँमा २ दिनसम्म अर्थात् ७ अप्रिलसम्म बसेका थिए। त्यसपछि उनी बक्साबाट अबेर राति निस्किएर गुवाहाटी प्रवेश गरेका थिए।
खबर अनुसार उनी गुवाहाटीमा ५ जनासँगै एक होटलमा बसेका थिए। त्यति नै बेलामा यो कुरा आसामका डिजी (प्रहरी महानिर्देशक)लाई थाहा भयो। त्यसलगत्तै उनले उनको आत्मसमर्पण सम्बन्धी निर्देशन दिएका थिए।