काठमाडौँ, २९ चैतः रवि लामिछानेलाई पुर्पक्षका लागि कारागार पठाउने उच्च अदालत बुटवलको आदेश बदर गर्न माग गर्दै सर्बोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।
रवि पत्नी निकिता पौडेल आफैं उपस्थित भएर रिट दर्ता गरेकी हुन् । सर्वोच्च अदालतका सूचना अधिकारी सहायक प्रवक्ता निराजन पाण्डेले लामिछानेको तर्फबाट आएको निवेदन दर्ता भएको र आइतबारलाई पेशी तोकिएको जानकारी दिनुभयाे।
गत चैत २२ गते जिल्ला अदालत रूपन्देहीको आदेश बदर गर्दै न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले लामिछानेलाई थुनामा पठाउन आदेश दिएको थियो ।


